कैलालीको गौरीगङ्गा नगरपालिका आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेको छ । आर्थिक वर्ष २०७८/ ७९ को नीति तथा कार्यक्रमका लागी आइतबार सरोकारवालाहरू सँग छलफल गरीएको छ ।
छलफलका क्रममा सरोकारवालाहरूले कोरोना व्यवस्थापन सँगै समग्र स्वास्थ्य लाई प्राथमिकता दिएर जनमुखी बजेट ल्याउन सुझाव दिएका छन् । कार्यक्रममा नगर प्रमुख भीम बहादुर देउवाले जनअपेक्षा अनुसारको बजेट ल्याइने बताए ।
विभिन्न सङ्घ संस्था,क्लब,शिक्षक,समाजसेवी सँग अन्तर्क्रिया गरी सुझाव सङ्कलन गरिएको छ । यसअघि जेठ २९ गते पनि बजेटका बारेमा सर्वदलीय छलफल भएको थियो । संकलित भएका सुझाव हरूलाई कार्यपालिकामा छलफल गरी नगर सभामा पेस गरिने जनाइएको छ ।