• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, असार ०६, २०८२ | Friday 20th June 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

 सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
  • ५ घण्टा अगाडि

कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ
  • ५ घण्टा अगाडि

डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु
  • ५ घण्टा अगाडि

सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने
  • १ दिन अगाडि

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
  • १ हप्ता अगाडि

कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
  • १ हप्ता अगाडि

सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
  • १ हप्ता अगाडि

कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ
  • १ हप्ता अगाडि

कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ
  • १ हप्ता अगाडि

कञ्चनपुरमा डुवानमा परेका परिवारको बिचल्ली, छाक टार्न धौधौ

  •  संवाददाता
  • सोमबार, असार ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कञ्चनपुर – भीमदत्त नगरपालिका–१२ का ६८ वर्षीया हेमादेवी केसी ऐरीघाट नजिक घर बनाएर बसेको चार दशक वितेको छ।

    महाकाली नदीको बाढीले कहिल्यै डुवानमा नपरेको सो बस्ती यो वर्ष वर्षातको शुरुवातमै डुवानमा परेको छ। बाढीले छिमेकीसहित उनको घर समेत डुवानमा परेको छ। “यो भन्दा पहिले हाम्रो बस्तीमा बाढी आउदैनथ्यो।

    चार लेनको सडक बनाउने क्रममा महाकाली नदीमा जथाभावी बाँध बाँधेकाले हाम्रो बिचल्ली भयो”, उनल भने, “दुई दिनदेखि त्रिपालमा बसिरहेको छु।”

    बस्ती पूरै डुवान हुँदा पनि सहयोगका लागि कोही नआएको उनको गुनासो छ। “दिनभरी मजदूरी गरेर साँझबिहान हातमुख जोर्ने जोहो मिलाएका थियौँ। सबै बाढीले बगाएर लग्यो”, एरीघाटका अर्का बाढीपीडित जयसिंह चैसिरले भने, “अब के खाने र कहाँ बस्ने भन्ने चिन्ताले सताएको छ।”

    चुनावका बेला भोट माग्न प्रायः सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता आउने भएपनि अहिले कसैले पनि वास्ता नगरेको उनको भनाइ छ। महाकाली नदीमा बाँधिएको बाँधले भुजेला खोला थुनिएर पानी बस्तीमा पसेको हो। सो खोलाको पानीको निकासलाई ख्याल नगरी बाँध निर्माण गरिएकाले खोला गाउँ पसेको स्थानीयवासीको भनाइ छ।“बाँध निर्माण गरेका बेला नै खोला थुनिन्छ भनेका थियौँ।त्यतिबेला कसैले सुनेनन्”, प्रमोद भट्टले भने, “अहिले बस्ती नै डुवानमा परेको छ।” बस्तीका २० घरभित्र २ फिटसम्म पानी जमेपछि त्यहाँका बाढीपीडितहरु अर्काको घरमा शरण लिएर बस्दै आएका छन। कतिपय बाढीपीडित त्रिपाल मुनि बस्न बाध्य भएका छन्। जोखिम अवस्थामा रहेका केही परिवारलाई वडा कार्यालय र नजिकको विद्यालयमा राखिएको छ।

    “घर भित्र बाढी पस्यो खाद्यान्न तथा लत्ताकपडा सबै बगाएर लग्यो। बालबच्चदेखि सपरिवार हिजोदेखि भोकै छौँ”, भट्टले भने, “भुजेला खोलाको पानीको निकास नखोजिए यसवर्ष हाम्रो उठिबास हुन्छ।” महाकालीको प्रभाव क्षेत्रबारे राम्रो अध्ययन नगरी काम गरिएकाले डुबानको स्थिति सिर्जना भएको भीमदत्त–१२ का वडाध्यक्ष कृष्णसिंह देउवाले बताए। नदीको बाढीले निर्माणाधीन पुल नजिकको बाँधमा समेत कटान शुरु गरेको छ।

    अहिलेसम्म बाँधमा झण्डै १० मिटर कटान गरिसकेको छ। कटान नियन्त्रण गर्न आपतकालीन तटबन्धको काम थालिएको छ। असार पहिलो साता मै बाढीले यति दुःख दिएकोमा स्थानीवासी चिन्तित भएका छन।

    महाकाली नदीमै बालुवा गिट्टी चालेर जिविका चलाउदै आएका तौला रानाको समेत बाढीको पानीले घर भित्र राखेको सबै खाद्यान्नलगायत सामग्री भिजाएको छ। नदीमा पानी बढेपछि रातिमा सुत्न नसकेको उनले भने।

    “नदीको पानी यसरी कहिल्यै पनि बस्तीमा छिरेको थिएन”, उनले भने, “यो वर्षको शुरुमै पूरै बस्ती डुवानमा पर्यो। परिवारको सुरक्षा कसरी गर्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ।”

    पहाडी क्षेत्रमा वर्षा हुने क्रम रोकिएसंगै महाकाली नदीको बहाव अहिले घट्दो अवस्थामा छ। नदीमा पानीको सतह घटेपनि डुवानमा परेका परिवारको सबै खाद्यान्न भिजेर कामै नलाग्ने अवस्थमा रहेकाले उनीहरुलाई साँझ बिहानको छाक टार्न अप्ठेरो परेको छ।

    वडा र नगरपालिका कार्यालयबाट कोही पनि राहत लिएर नपुगेको डुवान पीडित परिवारको गुनासो छ।

    रासस

    • डुवान
    सोमबार, असार ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
     सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
    कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ
    डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
       सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने

    • २.
      कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ

    • ३.
      डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु

    • ४.
      सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने

    • ५.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    • ६.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ७.
      सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली

    • ८.
      कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ

    • ९.
      कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ

    • १०.
      कञ्चनपुरको एक किराना पसलमा आगलागी

    • १.
      कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ

    • २.
       सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने

    • ३.
      सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने

    • ४.
      डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.