• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

टुट्यो व्याँस र खलङ्गा बीचको सम्पर्क

  •  संवाददाता
  • सोमबार, असार १४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दार्चुला,१४ असार – भारतले सीमावर्ती क्षेत्रमा बलमिच्याइँपूर्वक बनाइरहेको सडक र एक सातासम्मको अविरल वर्षाका कारण अहिले दार्चुलादेखि व्याँस गाउँपालिकाको छाङ्गरुसम्मको सम्पर्क टुटेको छ।

    व्याँस गाउँपालिका—२ कल्जुदेखि वडा नम्बर १ को बुदीसम्म दर्जन बढी ठाउँमा पहिरो गएर गोरेटो बाटो अवरुद्ध बनेपछि सम्पर्क टुटेको हो। यस क्षेत्रमा अहिलेकै अवस्थामा बाटो खुलाउन सकिने अवस्था छैन। अधिकांश ठाउँमा भारतले निर्माण गरेको सडकका कारण पहिरो गएको छ भने केही ठाउँमा महाकालीमा नदीको बहाब बढेपछि बाटो अवरुद्ध भएको छ।

    महाकाली लोकमार्गअन्तर्गत दार्चुला—तिङ्कर सडक खण्डको व्याँस गाउँपालिका—२ मा पर्ने कोठेधारदेखि नेपाल–चीन सीमानाका तिङ्करसम्मको ८७ किमी सडक नेपाली सेनाले बनाउने जिम्मेवारी पाएको छ। यही क्षेत्रमा गत वर्ष सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा गोरेटो बाटो निर्माण तथा मर्मतसम्भार गरिएको थियो।

    भारतले चट्टान फोर्ने क्रममा आएको पहिरो तथा महाकाली नदीमा फालिएको ढुङ्गाका कारण अधिकांश क्षेत्रमा नेपालतिर पहिरो गएको छ। वर्षाका कारण बुदीको तल, माल्पा, तम्बाकु, घागीबगर, कल्जुलगायतका ठाउँमा बढी अवरुद्ध भएको छ। सानातिना पहिरो र नेपालतिरको गोरेटो बाटोमा दर्जनौं बढी ठाउँमा अवरुद्ध भएको व्यास गाउँपालिका—१ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए। उनले भने, “ठाउँठाउँमा गोरेटो बाटोमा सयौं मिटर बढी भाग नदीले कटान गरेको छ। कतिपय ठाउँमा बाटोको नाम निसाना नै मेटिएको छ।”

    पञ्चायतकालमै नेपालतिर बाटो निर्माण गरिएको थियो। महाकाली नदी किनारैकिनार छाङ्गरुसम्म गोरेटो बाटो बनेको थियो। नदी किनारैकिनार बाटो निर्माण गरिएको कारण भारतीय सडकबाट नदीमा ढुङ्गा थुप्रिएपछि नेपालतिरको भूगोल बढी कटानमा परेको हो। अधिकांश ठाउँमा भारतीय सडकको कारणभन्दा पनि अहिले महाकाली नदी उर्लिएर आएकाले बढी क्षति भएको बोहरा बताउँछन्। “सबै ठाउँमा भारतीय सडकको कारणले नै बाटो भत्किएको हैन”, उनले भने, “केही ठाउँमा भए पनि कयौं ठाउँ यो पटक कालीको मुहानबाटै महाकालीमा आएको ठूलो भेलले क्षति गराएको हो।”

    सेनाले गत वर्ष बनाएकै घोरेटो बाटो समेत महाकाली नदीको कटानले जोखिममा परेको छ। “नेपालतिर भएर व्याँसको छाङ्गरु टिङ्कर जान सकिने अवस्था अब रहेन”, अध्यक्ष बोहराले भने, “छाङ्गरुमा नेपाल—भारत जोड्ने सीता पुलसमेत महाकाली नदी कटानको जोखिममा छ।” महाकाली नदीले सीता पुल नजिकै रहेको भारतीय एसएसबीको चेकपोष्ट भत्काएको छ। पुलको आधा भूभाग कटान गरेको छ। सीतापूल बगायो भने, व्यासका नागरिक व्यासमै ठप्प हुने अवस्था रहेको उनको भनाइ छ।

    “काठको पुल वर्षौदेखि जीर्ण नै थियो। मर्मतको लागि पटकपटक गाउँपालिकामा माग गर्दा सुनुवाइ भएन”, वडाध्यक्ष बोहराले भने, “अहिले महाकालीले भत्काउने अवस्थामा पुगेको छ। व्यासीहरुले भारतको बाटो भएर अहिले खलङ्गा आउनुपरेको छ। त्यही पुल पनि बगायो भने खलङ्गासँम्म व्यासीले पुग्ने सक्ने अवस्था छैन।” अहिले पनि भारतका विभिन्न ठाउँमा सडक अवरुद्ध छ। पैदल हिंड्डुल गरे पनि भारतीयसँगै अनुरोध गरेर सदरमुकाम खलङ्गा र व्याँसको छाङ्गरु तिङ्कर आउजाउ गर्नु परेको छ।

    भारतले घाटीबगरमा सडक चौडा बनाउने क्रममा पहाड भत्काउँदा व्यासको कल्जु क्षेत्रमा २५० मिटर बढी क्षेत्रमा क्षति पु¥याएको छ। यो क्षेत्रमा नदी किनार भएर बनाइएको पूरै घोरेटो बाटो भत्किएको छ, वडा नम्बर २ का अध्यक्ष धीरेन्द्र बुढाथोकीले बताए। यो ठाउँमा थोरै बजेटले बाटो खुलाउन सकिने अवस्था पनि छैन। त्यो भन्दा माथिल्लो तम्बाकु भीरलगायतका क्षेत्रमा पूरै बाटो भत्किएको उनको भनाइ छ।

    भारतले व्यासको दुम्लीङभन्दा माथिल्लो क्षेत्रमा विगतमा सडक निर्माणको लागि नदीको प्राकृतिक धार परिवर्तन गराउँदै आएको थियो। कयौं पटक डोजर, स्काभेटर महाकाली नदीमार्फत नेपाल प्रवेश गराउँदै आफ्नो भूमिमा सडक निर्माण गरेको हो। विगतदेखि नै महाकाली नदीको बहाब अवरुद्ध पार्दा नेपालतिर सडक अवरुद्ध हुने गरेको थियो।

    माल्पाभन्दा तल्लो क्षेत्रमा सडक निर्माणको क्रममा महाकाली नदी थुनिएको थियो। त्यही क्षेत्रको नदी फुटेर पनि बढी पहिरो गएको दुम्लीङस्थित सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीले केही दिनअघि मात्रै नेपालको बाटो भएर माल्पासम्मको बाटोको अवस्थाबारे निरीक्षण गरेको थियो। सो क्रममा अधिकांश क्षेत्रमा भारतीय सडक निर्माणको क्रममा सिधै ठूलाठूला चट्टानहरु नदीमा फालिएकाले नदीको बहाब नेपालतिर सोझिन गएको सशस्त्र प्रहरीले जनाएको छ।

    यस क्षेत्रमा नेपाली सेनाले आगामी आर्थिक वर्षबाट सडक निर्माण कार्य शुरु गर्ने तयारी गरेको छ। सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले सडक निर्माणको लागि व्याँस गाउँपालिकाको दुम्लीङ र सुनसेरामा नेपाली सेनाको विकास दलका दुई वटा क्याम्प राखिएको जानकारी दिए। उनले सडकको डिपिआर निर्माण सकिने बित्तिकै निर्माण कार्य अघि बढ्ने जनाए।

    विसं २०७७ वैशाख १४ को मन्त्रिपरिषद् बैठकले व्यास गाउँपालिकाको कोठेधारदेखि टिङ्करसम्मको ८७ किमि सडकको ट्रयाक खोल्न सेनालाई जिम्मा दिएको थियो। कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुरा बैतडी हुँदै दार्चुला–खलङ्गा हुँदै टिङ्कर जोड्ने महाकाली राजमार्गको ४२५ किमि लम्बाई छ। यसमध्ये खलङ्गाबाट कोठेधारसम्म सडक महाकाली लोकमार्ग दार्चुला टिङ्कर सडकले नै निर्माण गर्ने आयोजना प्रमुख अच्युतविलास पन्तले बताए। “यहाँसम्मको ४७ किलोमिटर सडक हामीले बनाउँछौंँ”, पन्तले भने, “अहिलेसम्म ४३ किमि सडकको ट्रयाक खुलाएका छौँ।”

    रासस

    • व्याँस र खलङ्गा
    सोमबार, असार १४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.