सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्प को धक्का महशुस गरिएको छ। शुक्रबार राति १० बजेर २ मिनेटमा भूकम्पको धक्का आएको हो ।
बझाङ र बाजुराको सीमा सैपाल नजिक केन्द्र बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पबाट के कति क्षति भयो भन्ने यकिन विवरण अहिलेसम्म सार्वजनिक भएको छैन ।