• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, असोज ०५, २०८० | Friday 22nd September 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा
  • ११ घण्टा अगाडि

युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ
  • २ दिन अगाडि

कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ
  • २ दिन अगाडि

संविधान दिवस : टीकापुर घटनाका ३ कैदीबन्दी रिहा
  • ३ दिन अगाडि

सुदूरपश्चिममा विपद् : पहाडमा पहिरो, तराइमा बाढी ,एक महिनामै १० जनाले ज्यान गुमाए !
  • ३ दिन अगाडि

बैतडीका दुई विद्यालयको भवन पहिरोको जोखिममा
  • ४ दिन अगाडि

काँक्रो खेती : दुई महिनामै एक लाख ५० हजार बिक्री
  • ४ दिन अगाडि

अल्पायु मृत्युको पहिलो कारण हृदयघात,खानपान र जीवनशैली परिवर्तन गरे मुटु रोगबाट बच्न सकिने
  • ४ दिन अगाडि

आज ऋषिपञ्चमी, अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइदैँ
  • ४ दिन अगाडि

४१ हजारले लगाए सुदूरपश्चिममा कोरोना खोपको पहिलो डोज 

  •  संवाददाता
  • शुक्रबार, साउन ०१, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिममा कोरोनाविरुद्धको कोभिसिल्ड खोप पहिलो मात्रा पाएका २ लाख ५ हजार ५ सय ६ जनामध्ये ३७ हजार ९ सय ६ जनाले मात्रै दोस्रो मात्रा पाएका छन् ।

    भारतमा उत्पादित उक्त खोपको दोस्रो मात्रा नपाएका १ लाख ६७ हजार ६ सय जनाले कहिले पाउने यकिन छैन । चीनबाट आएको भेरोसेल खोप भने यहाँका बासिन्दाले पाउने भएका छन् । सुदूरपश्चिममा यतिबेला भेरोसेलको दोस्रो मात्रा खोप अभियान सञ्चालन भइरहेको छ ।
    सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ४१ हजार ४ सय ८८ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् । दोस्रो मात्रा लगाउनेको संख्या बुधबारसम्म २९ हजार २ सय ७८ छ । दोस्रो मात्रा अहिले पनि विभिन्न जिल्लामा चलिरहेको निर्देशनालयले जनाएको छ । पहाडी जिल्लाका कतिपय ठाउँमा दोस्रो मात्रा खोप अभियान चलिरहे पनि पहिलो मात्रा लगाएका कतिपय व्यक्तिहरू अझै खोप लगाउन नआएको स्वास्थ्यकर्मीले बताए । ‘अब आउने खोप अभियानका लागि औपचारिक परिपत्र अझै आइसकेको छैन । मापदण्ड तोकेर परिपत्र आउनासाथ तीव्र गतिमा खोप अभियान चलाउने छौं,’ बाजुराको टाँटे स्वास्थ्यचौकीका इन्चार्ज दीपक शाहले भने ।

    यसै सातासम्ममा थप भेरोसेल र जोन्सन एन्ड जोन्सनको पहिलो मात्रा यस प्रदेशमा आइपुग्ने भएको छ । यो चरणमा पहिलो मात्रा लगाउन भेरोसेलेको ९८ हजार ६ सय २८ भाइल आउने भएको छ । एउटा भाइल दुई जनालाई लगाउन मिल्नेछ । जसअनुसार १ लाख ९७ हजार २ सय ५६ जनाले भेरोसेल खोप पाउने छन् । निर्देशनालयले प्रदेशका ९ वटै जिल्लाले पाउने उक्त खोपको भाग पनि छुट्याइसकेको छ । त्यसअनुसार सबैभन्दा बढी कैलालीमा ६३ हजार ३ सय ७१ जनाले खोप पाउने छन् । दार्चुलामा १० हजार १ सय ६२ जनालाई खोप दिइनेछ ।

     

    बाजुरामा १० हजार २ सय ४३, बझाङमा १५ हजार १ सय ८८, बैतडीमा १७ हजार ८ सय ९६ जनालाई भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ । यस्तै, डडेलधुरामा ११ हजार ३ जना, डोटीमा १४ हजार ६१, अछाममा १८ हजार ८ सय ५९ र कञ्चनपुरमा ३६ हजार ४ सय ६३ जनालाई उक्त खोप लगाउने योजना रहेको स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए । ‘दुई–तीन दिनभित्रै खोप धनगढी पुग्ने योजना छ । धनगढीबाट सबै जिल्ला र पालिकाहरूमा तत्काल ढुवानी गरेर खोप अभियान सञ्चालन गर्ने योजना बनाइसकेका छौं,’ उनले भने, ‘बाटोघाटो र अन्य केही प्राविधिक कारणले रोकिएको अवस्थामा बाहेक सबै ठाउँमा निर्धारित समयमै खोप अभियान सञ्चालन हुन्छ ।’

    यस्तै, अमेरिकामा उत्पादित जोन्सन एन्ड जोन्सन खोपको २८ हजार २ सय भाइल सुदूरपश्चिममा आउने भएको निर्देशनालयले जनाएको छ । एउटा भाइलबाट ५ जनालाई लगाउन पुग्ने मात्रा हुन्छ । जसअनुसार १ लाख २५ हजार २ सय ४० जनाले जोन्सन एन्ड जोन्सन खोप पाउने छन् । यो खोप पनि सबैभन्दा धेरै कैलालीका ४० हजार ७ सय ९३ र सबैभन्दा कम दार्चुलाका ६ हजार १ सय ५८ जनालाई दिइने भएको छ ।

    अब आउन थालेको भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई लगाइने योजना छ । यसबाहेक सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरू, विश्वविद्यालय र विद्यालयका शिक्षक तथा कर्मचारीहरू, अत्यावश्यक सेवा प्रवाहमा संलग्न व्यक्तिहरूलाई खोप उपलब्ध गराउने योजना छ । विदेश जाने नेपाली नागरिकलाई पनि अबको खोप दिइने योजना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    गत जेठ २५ गतेदेखि यस प्रदेशमा भेरोसेलको पहिलो खोप लगाइएको थियो । ‘त्यसबेला हामी त पालै नपाएर फर्किनुपरेको थियो,’ धनगढी–५ का ६५ वर्षीय लालप्रसाद भट्टले भने, ‘अब त्यसो नहोस् ।’ पहिलो मात्रा लगाएकाहरूलाई यतिबेला दोस्रो मात्रा दिइराखेको छ । यसअघि उपलब्ध भएको खोप तोकिएको उमेरभन्दा पनि अन्य क्षेत्रकाले पनि पाएका भए पनि अबको खोपमा भने तोकिएको उमेरका व्यक्तिलाई लक्षित गरिएको निर्देशक डा. अवस्थी बताउँछन् ।  -कान्तिपुर

    • कोरोना खोप
    • सुदूरपश्चिममा कोरोना
    शुक्रबार, साउन ०१, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा
    युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ
    कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा

    • २.
      युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ

    • ३.
      कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ

    • ४.
      संविधान दिवस : टीकापुर घटनाका ३ कैदीबन्दी रिहा

    • ५.
      सुदूरपश्चिममा विपद् : पहाडमा पहिरो, तराइमा बाढी ,एक महिनामै १० जनाले ज्यान गुमाए !

    • ६.
      बैतडीका दुई विद्यालयको भवन पहिरोको जोखिममा

    • ७.
      काँक्रो खेती : दुई महिनामै एक लाख ५० हजार बिक्री

    • ८.
      अल्पायु मृत्युको पहिलो कारण हृदयघात,खानपान र जीवनशैली परिवर्तन गरे मुटु रोगबाट बच्न सकिने

    • ९.
      आज ऋषिपञ्चमी, अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइदैँ

    • १०.
      मत्स्य पालनका पद्दति र माछाको घनत्व तथा जातहरु

    • १.
      धनगढीको जोगबुढा होटेलमा छापा : यौन धन्दामा संलग्न दुई जोडी रङ्गेहात पक्राउ, दुई साहुनी पनि प्रहरीको फन्दामा !

    • २.
      मत्स्य पालनका लागी पोखरी निर्माण

    • ३.
      हरितालिका तिज : रिलायबल धनगढी शाखाको तिज विशेष दर  

    • ४.
      सेती प्रादेशिक अस्पताल मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर कमर नियुक्त

    • ५.
      मत्स्य पालनका पद्दति र माछाको घनत्व तथा जातहरु

    • ६.
      हरितालिका तीज : आज दर खाने दिन

    • ७.
      दाहसंस्कार गर्न ५ हजार दिने धनगढी उप-महानगरपालिकाको निर्णय

    • ८.
      सुदूरपश्चिममा विपद् : पहाडमा पहिरो, तराइमा बाढी ,एक महिनामै १० जनाले ज्यान गुमाए !

    • ९.
      एलपिएलको बढ्दो आकर्षण : यसपटक राष्ट्रिय खेलाडीको पनि सहभागिता रहने  

    • १०.
      अल्पायु मृत्युको पहिलो कारण हृदयघात,खानपान र जीवनशैली परिवर्तन गरे मुटु रोगबाट बच्न सकिने

    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.