• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, मङि्सर १७, २०८० | Sunday 3rd December 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने
  • १ दिन अगाडि

भूकम्पपीडितलाई नेपाल बैंकको ५० लाख
  • ६ दिन अगाडि

गुल्मीमा चिच्याएर वर माग्ने मालिका मेला सकियो
  • ६ दिन अगाडि

डेउडा आइडलको तयारी तिब्र
  • ७ दिन अगाडि

बाजुराको छेडेदह ताल संरक्षणको प्रखाईमा, जनप्रतिनिधि बेखबर
  • ७ दिन अगाडि

नेपाल सुपर लिग : धनगढी विरुद्ध डेब्यु गर्दै वीरगञ्ज युनाइटेड
  • १ हप्ता अगाडि

सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
  • १ हप्ता अगाडि

पहाडी भूभागको मौसममा आंशिक बदली हुने
  • १ हप्ता अगाडि

संगम बचत तथा ऋण सहकारी १ करोड २० लाख नाफामा
  • १ हप्ता अगाडि

कञ्चनपुरको जैविक मार्ग कालोपत्रको तयारी

  •  संवाददाता
  • शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कञ्चनपुरको भीमदत्त नगरपालिकाले निर्माण गरेको जैविक धार्मीक पर्यटन मार्ग केन्द्रीय योजनामा परेको छ । नगरपालिकाले उत्तरी क्षेत्रको विकासका लागि निर्माण गरेको धार्मिक पर्यटन मार्ग कालोपत्रका लागि संघीय सरकारले बजेट विनियोजन गरेको हो । निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत जैविक मार्ग कालोपत्र गर्ने योजना अघि बढाइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैतमा एकै दिन १६५ ओटा सडकको शिलान्यास गरेका थिए, जसमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा जैविक मार्ग छनोटमा परेको हो । यसका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

    सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत जैविक मार्ग कालोपत्रको तयारी भइरहेको बताए । उनका अनुसार ९ किलोमिटर सडक कालोपत्र गर्न लागत इस्टिमेट तयार भइसकेको छ । ‘भीमदत्त नगरपालिकाको चक्रपथ अन्तर्गतको सडक खण्ड धार्मिक पर्यटन मार्ग कालोपत्रका लागि योजना छनोट भएको छ,’ सूचना अधिकारी जोशीले भने, ‘डीबीएसटी प्रविधिबाट कालोपत्र हुन्छ, त्यसका लागि आवश्यक पूर्वाधार र संरचना लागि प्राविधिक अध्ययन गरी इस्टिमेट तयार भइसकेको छ ।’

    एक महीनाभित्रै विभागबाट योजना स्वीकृत भइसक्ने र भदौ पहिलो हप्तासम्ममा सडक कालोपत्रका लागि ठेक्का आह्वान गरिने उनको भनाइ छ । निर्वाचन क्षेत्र रणनीतिक सडकको निर्माण आर्थिक वर्ष २०८०र८१ सालभित्र सक्ने लक्ष्य लिएको छ ।

    भीमदत्त नगरपालिकाले नगर चक्रपथका लागि ७२ किलोमिटर लामो पर्यटन मार्गको योजना अघि बढाएको छ । धार्मिक पर्यटन मार्गलाई चुरेको फेद हुँदैैै वेदकोट–गोदावरी र कर्णालीसम्म पुर्‍याउने लक्ष्य लिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले जैविक मार्गलाई काली, कर्णाली र गोदावरी नामकरण गरी प्राथमिकताका साथ काम अघि बढाएको छ । अहिले उक्त मार्गको काम वेदकोट नगरपालिका क्षेत्रमा विस्तार भइरहेको छ । नगरपालिकाको वडा नं १ बाराकुण्डादेखि ब्रह्मदेवसम्म निर्माण गरिएको जैविक मार्ग स्तरोन्नतिको काम समेत गरिसकेको छ । सो कार्यका लागि मार्गमा ग्राभेल गर्ने, माटो भर्ने, पाइप कल्भर्ट राख्ने र रोलिङ गर्ने कार्य सम्पन्न भएको छ ।

    चुरे फेदमा निर्माण गरिएको यो मार्गले नगरपालिकाका १, ३, ७, ८, ९ र १० नम्बर वडा तथा उत्तरी क्षेत्रका सबै धार्मिक तथा पर्यटकीय क्षेत्रलाई एक आपसमा जोडेको छ भने सडक पूर्वाधारबाट वर्षौंदेखि वञ्चित स्थानीयलाई यातायातमा सहज भएको छ ।

     

    • जैविक धार्मीक पर्यटन मार्ग
    • भीमदत्त नगरपालिका
    शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने
    भूकम्पपीडितलाई नेपाल बैंकको ५० लाख
    गुल्मीमा चिच्याएर वर माग्ने मालिका मेला सकियो
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने

    • २.
      भूकम्पपीडितलाई नेपाल बैंकको ५० लाख

    • ३.
      गुल्मीमा चिच्याएर वर माग्ने मालिका मेला सकियो

    • ४.
      डेउडा आइडलको तयारी तिब्र

    • ५.
      बाजुराको छेडेदह ताल संरक्षणको प्रखाईमा, जनप्रतिनिधि बेखबर

    • ६.
      नेपाल सुपर लिग : धनगढी विरुद्ध डेब्यु गर्दै वीरगञ्ज युनाइटेड

    • ७.
      सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

    • ८.
      पहाडी भूभागको मौसममा आंशिक बदली हुने

    • ९.
      संगम बचत तथा ऋण सहकारी १ करोड २० लाख नाफामा

    • १०.
      सुदूरपश्चिम महोत्सव मंसिर २२ देखी हुने

    • १.
      डेउडा आइडलको तयारी तिब्र

    • २.
      धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने

    • ३.
      बाजुराको छेडेदह ताल संरक्षणको प्रखाईमा, जनप्रतिनिधि बेखबर

    • ४.
      भूकम्पपीडितलाई नेपाल बैंकको ५० लाख

    • ५.
      गुल्मीमा चिच्याएर वर माग्ने मालिका मेला सकियो

    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.