• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, फागुन ०३, २०८२ | Sunday 15th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ४ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ७ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

बझाङमा लिफ्टबाट डाँडा–डाँडामा पानी,१२ सय परिवार लाभान्वित

  •  संवाददाता
  • शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    झन्डै तीन सय मिटर तल गाउँको पुछारमा रहेको मूलको पानी गाउँमा आउला र घर नजिकै धारा होला भन्ने बड्डीज्यावनका बासिन्दाले सपनामा पनि सोचेका थिएनन् । पुस्तौंदेखि खानेपानीको सास्ती खेप्दै आएका उनीहरूको नसोचेको सपना प्रविधिले यथार्थमा परिणत गरिदिएको छ ।

    सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी निर्माण भएपछि यहाँका बासिन्दाको दैनिकी नै फेरिएको छ । सौर्य ऊर्जा प्रविधिको प्रयोगबाट निर्मित यो खानेपानी जिल्लाकै पहिलो आयोजना हो ।

    योजना बन्नुभन्दा पहिला गाउँबाट आधा घण्टा टाढा रहेको मुहानबाट पानी ल्याउनुपर्थ्यो । आउजाउ गर्न एक घण्टा लाग्थ्यो । खाना पकाउन, भाँडा धुन, सरसफाइ गर्न र पशु वस्तुलाई खुवाउनका लागि पानी बोक्न घरको एक जनाको काम नै दिनभर पानी ओसार्नु नै हुन्थ्यो । ‘रात विरात भन्न पाइँदैन्थ्यो । पानी लिनकै लागि भनेर दिनकै ७र८ पटक उकालो ओरालो गर्नुपर्थ्यो,’ स्थानीय धनमती बोहराले भनिन्, ‘दूधेबालक काखी च्यापेर अँध्यारोमै पानीका लागि दगुर्नुपर्थ्यो । एक जना त पानी बोक्नैका लागि भनेर घरमै बस्नुपर्ने अवस्था थियो । अहिले पानीको सुख छ ।’

    पहिला कोही पाहुना आइहाले पनि पानी दिन लोभ लाग्ने स्थानीय सुरेश धामीले सुनाए । ‘घरमै धारा पाएका छौं । हाम्रो पुस्तौंदेखिको दुःख हटेको छ,’ धामीले भने । सौर्य ऊर्जाको लिफ्टिङ प्रविधिले गाउँमै खानेपानी पुर्‍याइदिएपछि दुर्गाथली गाउँपालिका–५ को बाजगडाका बासिन्दाको पनि पानीको दुःख हटेको छ ।

    वर्षौंदेखि गाउँबाट एक घण्टा तल रहेको कुवाको प्रदूषित पानी पिउँदै आएका यस गाउँका बासिन्दा गाउँमै स्वच्छ पानीको धारा बनेपछि खुसी छन् । ‘यो गाउँमा बिहे गरेर आएको २० वर्ष भयो । राम्रोसँग सुत्न नपाएको पनि त्यति नै भयो होला,’ स्थानीय धर्मादेवी जप्रेलले भनिन्, ‘अहिले त आँगनमै धारा छ । गाउँमा पानी आएपछि महिलाहरूले बल्ल राम्रोसँग सुत्न पाएका छौं,’ उनले सोलार लिफ्टिङ प्रविधिबाट गाउँमा पानी आएपछि अहिले यहाँको सरसफाइको अवस्थामा पनि सुधार आएको उनले बताइन् ।

    बुंगल नगरपालिकाको–६ मा पर्ने झलकपुर गाउँको अवस्था पनि बड्डी ज्याबन र बाँजगडाको भन्दा फरक थिएन । पानीको स्रोत गाउँभन्दा आधा घण्टा टाढा रहेको एउटा कुवा थियो । त्यही कुवामा पानी भर्नका लागि गाउँले बीच हारालुछ चल्थ्यो । पानी भर्नकै लागि भनेर महिलाहरू राति सुत्न पाउँदैन थिए भने बालबालिकाहरूको स्कुल छुट्थ्यो । पानीको लागि दिनदिनै हुने झगडाले गाउँले बीच आपसमा मनमुटाब भएको भयै हुन्थ्यो । ‘पानीको लागि सधैं झगडा हुने भएकाले यो गाउँको नाम नै झगडा थियो,’ स्थानीय अर्जुन गुर्धामी भन्छन् । ‘अहिले गाउँमा पानी पनि आयो झगडा पनि बन्द भयो । हामी सबैले सल्लाह गरेर गाउँको नामै परिर्वतन गरेर झलकपुर राख्यौं ।’

     

    झलकपुर खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष दीपेश गुर्धामीे भन्छन्, ‘झगडा हुने विषय नै अन्त्य भएपछि गाउँको नाम पनि फेरेका हौ । हाम्रा बाजे बराजुका पालादेखिको पानीको दुःख पनि त्यहीं नामसँगै सकिएको छ ।’ उनले गाउँमा खानेपानी योजना बनेपछि गाउँको नाम मात्र नभएर परिचय नै बदलिएको बताए । हुन पनि गाउँमा चौबीसै घण्टा पानी आउने धारा बनेपछि अहिले यो गाउँको मुहार नै परिर्वतन भएको छ । सधैंजसो फोहोर हुने यहाँका मानिसहरू सफासुग्घर भएका छन् । धाराबाट खेर गएको पानी प्रयोग गरेर प्रत्येक घरका करेसामा लटरम्म तरकारी फलाइएको छ । सबैका घरमा सफा चर्पी बनाइएको छ । सौर्य ऊर्जाको प्रयोग गरी दुर्गम डाँडामा रहेका गाउँहरूमा खानेपानी पुगेपछि आसपासका गाउँहरूजस्तै छविसपाथीभेरा, थलारा, दुर्गाथली, खप्तडछान्ना, तल्कोट, बित्थडचिर, केदारस्युँ गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका १३ वटा गाउँका स्थानीयको वर्षौंदेखिको दुःख अन्त्य भएको छ । पालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको लगानीमा जिल्लाका ९ वटा पालिकामा १३ बटा सोलार लिफ्टिङ प्रविधियुक्त खानेपानी योजना निर्माण भएपछि यहाँका १२ सय परिवारले खानेपानीको वर्षौंदेखि भोग्दै आएको दुःखबाट छुटकारा पाएका हुन् ।

    बस्तीभन्दा माथि पानीको मुहान नभएका ठाउँहरूमा सौर्य ऊर्जा जडान गरीे लिफ्ट प्रविधिबाट पानी तानिन्छ । यसरी तानिएको पानी ८ हजारदेखि २० हजार घनलिटर क्षमताका ट्यांकीमा जम्मा हुन्छ । गाउँको अग्लो ठाउँमा बनाएको ट्यांकीबाट घरघरमा पानी वितरण गरिन्छ । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले बड्डीज्यावनमा यो प्रविधिको पहिलो र सफल परीक्षण गरेपछि अन्य गाउँहरूमा पनि यसको अनुशरण गरिएको हो ।

    ‘खानेपानीको अन्य विकल्प नभएका गाउँहरूमा यो प्रविधि निकै उपयोगी र सफल देखिएको छ,’ परियोजनाका इन्जिनियर लोकेन्द्र ओलीले भने, ‘लागतमा केही महँगो पर्ने भए पनि पानीको विकल्प नभएका बस्तीहरूको लागि सोलार लिफ्टिङ वरदान नै साबित भएको छ ।’ वर्षौंदेखिको स्थानीयको खानेपानीको समस्या समाधान गर्न पाउँदा निकै खुसी लागेको बुंगल नगरपालिकाका प्रमुख धनबहादुर बिस्टले बताए । ‘गाउँभन्दा माथि पानीको मुहान थिएन । उहाँहरूका दुःख देखेर बस्ती नै सार्ने कि भन्ने सम्म पनि सोचेका हौं । सौर्य प्रविधिका कारण गाउँमा नै पानी पुर्‍याउन सफल भएका छौ ।’

    दुर्गाथलीका ६ गाउँमा सौर्य लिफ्टिङ प्रविधिबाट घरघरमा धारा पुर्‍याउँदा आफ्नो कार्यकालकै ठूलो उपलब्धि भएको दुर्गाथली गाउँपालिकाका अध्यक्ष प्रयागराज जोशीले बताए । दुर्गाथली ५ मा बनेको आयोजनाबाट यहाँ रनफल, काँडागाउँ, देउलेक, बिजाडा, गडिम, सेलागालगायतका गाउँका १ सय ९६ घरधुरीका प्रत्येक घरमा निजी धारा निर्माण गरिएको उनले सुनाए । ‘अहिलेसम्म समाधान हुन नसकेको समस्या सोलार प्रविधिका कारण सम्भव भयो । यो मेरो कार्यकालकै सबैभन्दा ठूलो उपलब्धि हो ।’

    • बझाङ
    • लाभान्वित
    • लिफ्टबाट पानी
    शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    भाटभटेनीमा ६ शव जलेको अवस्थामा भेटियो
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.