• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, असोज ०६, २०८० | Saturday 23rd September 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा
  • १७ घण्टा अगाडि

युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ
  • २ दिन अगाडि

कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ
  • २ दिन अगाडि

संविधान दिवस : टीकापुर घटनाका ३ कैदीबन्दी रिहा
  • ३ दिन अगाडि

सुदूरपश्चिममा विपद् : पहाडमा पहिरो, तराइमा बाढी ,एक महिनामै १० जनाले ज्यान गुमाए !
  • ४ दिन अगाडि

बैतडीका दुई विद्यालयको भवन पहिरोको जोखिममा
  • ४ दिन अगाडि

काँक्रो खेती : दुई महिनामै एक लाख ५० हजार बिक्री
  • ४ दिन अगाडि

अल्पायु मृत्युको पहिलो कारण हृदयघात,खानपान र जीवनशैली परिवर्तन गरे मुटु रोगबाट बच्न सकिने
  • ४ दिन अगाडि

आज ऋषिपञ्चमी, अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइदैँ
  • ४ दिन अगाडि

भूमिहीन बादी समुदायका घर निर्माण अन्तिम चरण

  •  संवाददाता
  • सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    घर र जमिन नभएर मागेर जीवन निर्वाह गर्दै आएका बादी समुदायका लागि आवास निर्माण अन्तिम चरणमा पुगेको छ । दिपायल सिलगढी नगरपालिकाले जमिन खरीद गरेर घर निर्माण गर्न पहल सुरु गरेको थियो । सुदूरपश्चिम प्रदेश सरकारको रु ४१ लाख ४९ हजार लगानीमा दिपायल सिलगढी(४ गैरामा ती समुदायका सात परिवारका लागि दुई कोठे घर बनाउन ठेक्का सम्झौता भएको थियो ।

    दिपायल सिलगढी(४ का वडासदस्य टेकबहादुर कामीले आवास निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले भने, “बादी समुदायको आवास निर्माणको काम अन्तिम चरणमा पुगेको छ, अब केही दिनमा निर्माण सकेर हस्तान्तरण गर्ने तयारीमा छौँ ।” वर्षांैपछि आफ्नै जमिन, पक्की घर तथा शौचालय पाउने भएपछि यहाँका भूमिहीन ती समुदाय अहिले औधी खुशी छन् ।

    यसअघि आफ्नो जमिन नभएका कारण यहाँका ती समुदाय दिपायल सिलगढी–४ सेती प्राविधिक शिक्षालयको गेट अगाडिको सरकारी जमिनमा बस्दै आएका थिए । नगरपालिकाले कार्यविधि बनाएर भूमिहीन परिवारलाई जग्गा उपलब्ध गराएपछि अहिले आवास बन्न थालेको निमित्त कार्यकारी प्रमुख खेमराज गुरुङले बताए । उनले भने, “जमिन नहुँदा अव्यवस्थित बसोबास गर्दै आएका बादीलाई कार्यविधि बनाएर जग्गा उपलब्ध गरायौँ, प्रदेश सरकारले आवास निर्माणका लागि रकम दिएपछि अहिले आवास बनेका हुन् ।”

    नगर प्रमुख मलासीले भने, “सुकम्बासी भएर सार्वजनिक जमिनमा बसेका बादी समुदायका लागि आवास निर्माण गर्ने योजना थियो, यहीअनुसार अहिले जग्गा खरिद गरी प्रदेश सरकारले आवास निर्माणको काम सुरु भएको छ, केही दिनमा आवास हस्तान्तरण हुने छन् ।”

    नगरपालिकाले कार्यविधि नै बनाएर आर्थिक वर्ष २०७५(२०७६ को १२ लाख रुपैयाँबाट तीन घरपरिवारलाई र आव २०७६(०७७ को रु १२ लाख रकमबाट चार घरपरिवारलाई जग्गा खरिद गरी लालपुर्जा वितरण गरिएको थियो । नगरपालिकाले विसं २०७६ वैशाख ५ गते पुस्कर , गणेशबहादुर र श्याम बादी लाई जग्गाधनी पूर्जा प्रदान गरेको थियो भने माया , भक्तबहादुर , तेजबहादुर र दीलबहादुर बादीलाई विसं २०७७ चैत महिनामा जग्गाधनी पुर्जा प्रदान गरेको बताइएको छ । नगरपालिकाले उनीहरुका लागि जग्गा उपलब्ध गराएपछि प्रदेश सरकारले आवास निर्माणमा सहयोग गरेको हो ।

    चालू आवको असार मसान्तभित्र सात आवास निर्माण गरिसक्ने गरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग गएको वर्षको माघ १० गते सम्झौता भई नागार्जुन कन्स्ट्रक्सन कञ्चनपुरले आवास निर्माणको जिम्मा पाएको थियो । कोरोना जोखिमका कारण तोकिएका समयमा काम सम्पन्न गर्न नसकिए पनि अहिले आएर आवास निर्माणको काम अन्तिम चरणमा पुगेको उक्त कन्स्ट्रक्सनका प्रतिनिधि सुचित्र शाहले बताए । उनले भने, “असार मसान्तमा काम सक्ने गरी हामीले ठेक्का सम्झौता लिएका थियौँ,सङ्क्रमणले काम केही ढिलो भयो, अब चाँडै आवास निर्माण सकेर बुझाउने छौँ ।”

    • निर्माण अन्तिम
    • भूमिहीन बादी
    • समुदायका घर
    सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा
    युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ
    कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा

    • २.
      युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ

    • ३.
      कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ

    • ४.
      संविधान दिवस : टीकापुर घटनाका ३ कैदीबन्दी रिहा

    • ५.
      सुदूरपश्चिममा विपद् : पहाडमा पहिरो, तराइमा बाढी ,एक महिनामै १० जनाले ज्यान गुमाए !

    • ६.
      बैतडीका दुई विद्यालयको भवन पहिरोको जोखिममा

    • ७.
      काँक्रो खेती : दुई महिनामै एक लाख ५० हजार बिक्री

    • ८.
      अल्पायु मृत्युको पहिलो कारण हृदयघात,खानपान र जीवनशैली परिवर्तन गरे मुटु रोगबाट बच्न सकिने

    • ९.
      आज ऋषिपञ्चमी, अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइदैँ

    • १०.
      मत्स्य पालनका पद्दति र माछाको घनत्व तथा जातहरु

    • १.
      धनगढीको जोगबुढा होटेलमा छापा : यौन धन्दामा संलग्न दुई जोडी रङ्गेहात पक्राउ, दुई साहुनी पनि प्रहरीको फन्दामा !

    • २.
      मत्स्य पालनका लागी पोखरी निर्माण

    • ३.
      हरितालिका तिज : रिलायबल धनगढी शाखाको तिज विशेष दर  

    • ४.
      सेती प्रादेशिक अस्पताल मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर कमर नियुक्त

    • ५.
      मत्स्य पालनका पद्दति र माछाको घनत्व तथा जातहरु

    • ६.
      हरितालिका तीज : आज दर खाने दिन

    • ७.
      दाहसंस्कार गर्न ५ हजार दिने धनगढी उप-महानगरपालिकाको निर्णय

    • ८.
      सुदूरपश्चिममा विपद् : पहाडमा पहिरो, तराइमा बाढी ,एक महिनामै १० जनाले ज्यान गुमाए !

    • ९.
      एलपिएलको बढ्दो आकर्षण : यसपटक राष्ट्रिय खेलाडीको पनि सहभागिता रहने  

    • १०.
      कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ

    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.