काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ३२७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २४५६ र एन्टिजेन विधिबाट ८१८ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप १९२९ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ ।