• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, माघ ३०, २०८२ | Thursday 12th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • १ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ४ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ६ दिन अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ६ दिन अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • ७ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

  •  संवाददाता
  • आइतबार, भदौ १३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या दोस्रो लहरकै सबैभन्दा कम बिन्दु १ हजार ३८८ मा आइपुगेको छ । यसअघि दोस्रो लहरको कम संक्रमण असार २० गते १ हजार ६०३ जनामा देखिएको थियो । तर आइतबार असार २० गतेको भन्दा २१५ जना कम संक्रमित भेटिएका हुन् ।

    आइतबार १० हजार २९७ नमुना ९पीसीआर र एन्टिजेन० परीक्षण गर्दा १ हजार ३८८ जनामा संक्रमण पुष्टि भएको छ । असार २० गते ८ हजार १३२ नमुना परीक्षण गर्दा १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको थियो । असार २० गतेको संक्रमणदर १९।७१ थियो भने आइतबार १३।४८ प्रतिशत मात्र छ ।

    चैत दोस्रो हप्तादेखि शुरु भएको कोरोना संक्रमणको दोस्रो लहरमा सबैभन्दा बढी वैशाख २८ गते २१ हजार ३१६ नमुना परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यतिबेला संक्रमण दर ४४।४९ प्रतिशत थियो ।

    अन्य दिनको तुलनामा पछिल्लो २४ घण्टामा संक्रमण कम पुष्टि भएको छ । यसलाई सकारात्मक मान्नुपर्छ । तर यही तथ्यांकलाई हेरेर संक्रमण घट्यो भन्ने बेला आएको छैन (डा। कृष्ण पौडेल, प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

    पछिल्लो समय काठमाडौं उपत्यकाका सरकारी अस्पतालहरुमा कोरोना संक्रमित बिरामीको संख्या पनि घटेको छ । केही दिनयता अस्पतालमा उपचार गराउन आउने संक्रमितको संख्या घटेको अस्पतालका अधिकारीहरु बताउँछन् ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दोस्रो लहर उत्कर्षमा रहेका बेला बेड भरिएर प्रांगणमा अस्थायी बेड राखेर उपचार गरिएको थियो । निर्देशक डा। अनुप बास्तोलाका अनुसार हाल आईसीयूमा १५, स्पेशल क्याबिनमा ७ र कोभिड वार्डमा २३ जना संक्रमित उपचाररत् छन् ।

    कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल ९वीर अस्पताल०का प्रमुख कार्यकारी डा। भुपेन्द्र बस्नेतका अनुसार आईसीयू र भेन्टिलेटर कक्ष समेत खाली छन् । आईसीयूसहित कोभिड वार्डमा गरी ११७ जना संक्रमित उपचाररत् रहेको उनले बताए ।

    सशस्त्र प्रहरी बल अस्पतालका सम्पर्क व्यक्ति डा. प्रवीण नेपालका अनुसार आईसीयूमा १६ जना र भेन्टिलेटरमा ९ जनासहित ९२ जना संक्रमित उपचाररत् छन् ।

    नेपाल प्रहरी अस्पतालका सम्पर्क व्यक्ति डा. सुन्दर हैजुका अनुसार आईसीयू र भेन्टिलेटरमा १७/१७ जना संक्रमित उपचाररत् छन् । १२ एचडीयू बेड भने खाली छ ।

    त्रिवि शिक्षण अस्पतालमा भने संक्रमितको चाप पहिले जस्तै रहेको अस्पतालका कोभिड फोकल पर्सन डा। निरज बम बताउँछन् । उनका अनुसार अस्पतालमा दिनमा १५ जना संक्रमित भर्ना हुने गरेका छन् ।

    पछिल्लो समय पहाडी जिल्लाबाट रेफर भएर आउने संक्रमितको संख्या बढ्दो रहेको उनले बताए । ‘सिन्धुपाल्चोक, काभ्रे, दोलखा, खोटाङ, गोर्खा, सोलु, रसुवा लगायतका पहाडी जिल्लाका अस्पतालबाट रेफर भएर आउने संक्रमित धेरै छन्,’ उनले भने ।

    निजी अस्पतालबाट पनि आईसीयू बेडको खोजीमा धेरै बिरामी आउने गरेको उनी बताउँछन् । निजीमा उपचार गराउँदा बढी खर्चिलो हुने भएका कारण बिरामीहरु सरकारीमा आउने गरेको उनको भनाइ छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार भदौ १ गतेयता देशभरका अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचार गराउने संक्रमितको संख्या घट्दो क्रम रहेको छ ।

    भदौ १ गते आईसीयूमा ७९० जना उपचाररत छँदा भेन्टिलेटरमा १९१ जना थिए । आइतबार आईसीयूमा उपचाररत संक्रमितको संख्या ६२५ जना छ । भेन्टिलेटरमा उपचाररत् संक्रमितको संख्या पनि भदौ १ गते १९१ रहेकामा घटेर आइतबार १६७ मा झरेको छ ।

    मन्त्रालयका अनुसार आइतबार सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ रहेको छ । जसमध्ये ३२ हजार ७४४ जना होम आइसोलेसनमा र ३ हजार ५२ जना संस्थागत आइसोलेसनमा छन् । आइतबार कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार २६० छ भने मृतक संख्या २४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेल एकै दिनको तथ्यांकलाई हेरेर संक्रमण घट्यो भन्न नमिल्ने बताउँछन् ।

    ‘अन्य दिनको तुलनामा पछिल्लो २४ घण्टामा संक्रमण कम पुष्टि भएको छ । यसलाई सकारात्मक मान्नुपर्छ । तर यही तथ्यांकलाई हेरेर संक्रमण घट्यो भन्ने बेला आएको छैन,’ डा। पौडेलले भने । उनले अस्पतालहरुमा बेड नपाउने अवस्था भने अहिले नरहेको बताए ।

    आइतबार, भदौ १३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.