• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २८, २०८२ | Saturday 13th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ७ घण्टा अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ७ घण्टा अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ४ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ४ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ४ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ४ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ४ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ४ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • १ हप्ता अगाडि

Advertisement

दसैँलाई ११ असोजभित्रै बसको बुकिङ खुल्ने, हवाई टिकट अभाव नहुने

  •  संवाददाता
  • बिहिबार, असोज ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    यस वर्षको दसैँलाई लक्षित गरेर लामो दूरीको यातायातको अग्रिम टिकट बुकिङ ढिलोमा ११ असोजभित्र खुल्ने भएको छ । त्यसका लागि यातायात व्यवसायी, ट्राफिक प्रहरी, उपभोक्ताकर्मी, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासनलगायतसँग छलफल भई सहमति भइसकेको यातायात व्यवस्था विभागका प्रवक्ता डा। लोकनाथ भुसालले जानकारी दिए ।

    यातायात व्यवसायीले बुधबारसम्ममा निर्णय दिने बताएका छन् । ‘त्यसलगत्तै बिहीबार ९७ असोजमा० यातायात व्यवस्था विभागमा सबै सरोकारवाला बसेर निर्णय गर्ने तयारी छ,’ प्रवक्ता डा। भुसालले भने । घटस्थापनाभन्दा १० दिनअगाडि वा त्योभन्दा बढी हुने गरी अग्रिम टिकट खुलाउने सहमति भइसकेको छ । यस वर्ष २१ असोजमा घटस्थापना परेको छ । यस विषयमा २१ र ३१ भदौमा गरी दुईपटक सरोकारवालासँग छलफल भइसकेको छ ।

    नेपाल राष्ट्रिय यातायात महासंघको बिहीबार बस्ने बैठकमा अग्रिम टिकट खुलाउनेबारे छलफल हुने महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । तर, अहिले अग्रिम टिकट भन्दा पनि निरन्तरको बर्खाले दुर्गम जिल्लामा यातायात पुग्न नसक्ने अवस्थालाई समाधान गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । ‘अग्रिम टिकट खोल्ने भन्दा पनि सडकमा बनेका खाल्डा पुर्न सरकारले हतार गर्नुपर्‍यो,’ उनले भने ।

    बाटो धेरै ठाउँमा मर्मत गर्नुपर्नेछ । अविलम्ब खाल्डा पुर्नुपर्नेछ । त्यसपछि मात्र यातायात सञ्चालन गर्न सकिने उनको भनाइ छ । दुर्गम क्षेत्रमा सवारी लैजाने अवस्था नभएको व्यवसायीहरूको भनाइ छ । यस वर्ष चाडपर्वका वेला केही नयाँ सवारीसाधन थपिनेछन्, महासंघले जानकारी दिएको छ । तर, कति थपिने हुन्, अहिले भन्न नसकिने व्यवसायीहरूको भनाइ छ । ‘कोभिडले गर्दा कर्जा तिर्न नसकेपछि बैंकहरूले गाडी लिलामी गरिरहेका छन् । यस्तो अवस्थामा धेरै गाडी थपिने अवस्था भने छैन,’ महासचिव सिटौलाले भने ।

    उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष
    यसैगरी, दसैँं–तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सोमबार नै सार्वजनिक गरेको छ । उपत्यकाका नागढुंगा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्क गरी १४ ठाउँमा सहायता कक्ष रहनेछन् ।

    सर्वसाधारण तथा यात्रुलाई पाकेटमार तथा अन्य आपराधिक गतिविधि र सुरक्षासम्बन्धी सूचित गर्न, स्वास्थ्य प्रोटोकलको पालना गर्न, टिकट तथा भाडा ठगीलगायतका यात्रुहरूको गुनासो व्यवस्थापन गर्न, सहज यात्राको व्यवस्थासमेत यात्रु सहायता कक्षले गर्नेछ ।

    यात्रुले स्पष्ट देखिने गरी टिकट काउन्टरमा अनिवार्य भाडा दररेट टाँस गर्न लगाउने, टिकट काट्ने व्यक्तिहरू तथा यातायातसँग सरोकार राख्ने व्यक्तिहरूको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था मिलाउन समन्वय, सहकार्य गरिने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० जनक भट्टराईले जानकारी दिए । दैनिक रूपमा ४३ ट्राफिक प्रहरी कार्यालयले दिनमा चारपटकसम्म तालिकाबमोजिमको चेकिङ गर्दै आएको छ भने नाकाहरूमा २४सै घन्टा चेकजाँच हुने गरेको छ ।

    • हवाई टिकट अभाव
    बिहिबार, असोज ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.