• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

अचार व्यवसायमा रमाएका गिरी दम्पती : विदेश जाने मोह त्यागे, महिनैपिच्छे ३ लाख कमाइ !

  •  संवाददाता
  • शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कुनै पनि काममा मेहनत गरियो भने सफलता पाउन सकिन्छ भन्ने उदाहरण हुन् कैलालीका गिरी दम्पती ।

    विदेश जाने तरखरमा रहेका उनीहरूले यो सोच बदल्दै स्वदेशमै मनग्य आम्दानी गरिरहेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका- ८ घर भएका शान्ति गिरी र रामचन्द्र गिरी फलफूल तथा अचार व्यवसायमा लागेर सफल बनेका छन् ।

    उमेरले ३० वर्ष मात्रै पुगेकी शान्ती गिरीको १० वर्षपहिले बिवाह भयो । श्रीमान् रामचन्द्र कम्प्युटर पसलमा काम गर्थे । अरुका पसलमा काम गरेर खासै पैसा कमाउन सकिरहेका थिएनन् चन्द्रले । घर खर्च चलाउनै मुस्किल भएपछि शान्तिले रामचन्द्रलाई विदेश जान सल्लाह दिइन् ।

    रामचन्द्र पनि दोधारमा थिए । तर उनले सोच बदलेर देशमै केही गर्नुपर्छ भनेर लागे । उनलाई शान्तिको साथ त छँदै थियो । उनीहरूले फलफूल खेती र अचार बनाउने सोच बनाए । घरभन्दा केही पर रहेको १४ कट्ठा बाँझो जमिनमा गिरी दम्पतीले उन्नत जातका फलफूलका बिरुवा रोपे । उनले बारीमा कागती, लिची र आँप रोपेका छन् ।

    शान्तिले एकरदुई बट्टा अचार बनाएर छिमेकीहरूलाई बेच्न थालिन् । बिस्तारै अचारको माग बढ्न थाल्यो । त्यसपछि यसलाई बिस्तार गर्ने सोच आएको शान्ति बताउँछिन् ।

    फलफूलबाट मात्रै राम्रो आम्दानी नहुने देखेर ती फलफूलको अचार बनाउन सुरु गरेको बताउँछिन् शान्ति । उनी अहिले आँप, लिची, कागती, तामा, अकबरे खुर्सानीको अचार बनाउँछिन् । पाँच वर्षदेखि यो व्यवसाय गर्दै आएको उनी बताउँछिन् । श्री शान्ति बाटीका फलफूल उद्योग दर्ता गरेर आफ्नो बारीको उत्पादनबाट व्यवसायिक रूपमै अचार व्यवसायमा उनीहरू अघि बढिरहेका छन् ।

    उनीहरूले बनाएको ‘आनन्दी’ ब्राण्डको अचार अहिले धनगढीलगायत सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा पुग्ने गरेको छ । बाहिरबाट फलफूल मगाएर पनि उनीहरूले अचार बनाइरहेका छन् । आफ्नो बारीबाट उत्पादित कागती र लिची चाहिएजति प्रशोधन उद्योगमै प्रयोग गर्छन् भने बाँकी बिक्री गर्छन् ।

    अचारलगायत बनाउन आवश्यक पर्ने अरु फलफूलहरू भने बाहिरबाट मगाइरहेको शान्तिले बताइन् । उद्योगमा अहिले अचारसँगै चुक, लेमन स्पाइसलगायतका अन्य चिजहरू पनि उत्पादन भइरहेका छन् ।

    गत वर्षदेखि फलफूलका बिरुवाको कलमी पनि बनाउँदै आएको उनले बताइन् । बिरुवाहरू पनि बारीबाटै बिक्री भइरहेको शान्तिले सुनाइन् । आगामी दिनमा क्याफे खोल्ने योजनामा छिन् उनी ।

    कुनै सयम वैदेशिक रोजगारीका लागि जाने योजना बनाएका शान्तिका श्रीमान् रामचन्द्र पनि अचार उद्योगबाट सन्तुष्ट छन् । यसबाटै नै महिनाको ३ लाखसम्म कमाइ हुने शान्ति बताउँछिन् । ‘वार्षिक ३६ लाखसम्म कमाइ हुन्छ,’ उनले भनिन् । आफ्नै देशमा बसेर राम्रै आम्दनी भइरहेको उनले सुनाइन् ।

    पछिल्लो समय कोरोना महामारीले गर्दा भने व्यवसायमा केही असर परेको शान्ति बताउँछिन् । ‘अहिले हाट बजार पनि बन्द छन्, त्यसकारणले पनि अहिले बजारको समस्या झेल्नु परेको अवस्था छ, उनले भनिन् ।

    नयाँ रणनिति बनाएर छिट्टै नै बजारमा अचार पुर्‍याउने योजना रहेको उनले बताइन् । सीटीईभीटीबाट अचार बनाउने तालिम सिकेर करिब १ लाखबाट सुरु गरेको यो व्यवसायबाट अहिले गिरी दम्पतीले वार्षिक ३६ लाख रुपैयाँ आम्दानी गरिरहेका छन् । घरपरिवारको राम्रै साथ मिलेकाले अचार व्यवसाय निकै राम्रो फष्टाएको उनको भनाइ छ ।

    यही व्यवसायबाटै छोराछोरीलाई उचित शिक्षा दिन र घरव्यवाहार चलाउन पुगिरहेकै छ । ‘मेहनत गर्ने हो भने अचार व्यवसायबाट पनि राम्रैसँग जीवन निर्वाह गर्न सकिन्छ,’ उनले भनिन् । व्यवसाय गर्न आत्मबल चाहिने र आफ्नै देशमा पनि राम्रै कमाइ गर्न सकिने गिरी दम्पतिको अनुभव छ ।

    • अचार व्यवसाय
    • गिरी दम्पती
    शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.