• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, चैत ०९, २०७९ | Thursday 23rd March 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • १ हप्ता अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ हप्ता अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • ४ हप्ता अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • ४ हप्ता अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • १ महिना अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • १ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • १ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।
  • १ महिना अगाडि

अचार व्यवसायमा रमाएका गिरी दम्पती : विदेश जाने मोह त्यागे, महिनैपिच्छे ३ लाख कमाइ !

  •  संवाददाता
  • शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कुनै पनि काममा मेहनत गरियो भने सफलता पाउन सकिन्छ भन्ने उदाहरण हुन् कैलालीका गिरी दम्पती ।

    विदेश जाने तरखरमा रहेका उनीहरूले यो सोच बदल्दै स्वदेशमै मनग्य आम्दानी गरिरहेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका- ८ घर भएका शान्ति गिरी र रामचन्द्र गिरी फलफूल तथा अचार व्यवसायमा लागेर सफल बनेका छन् ।

    उमेरले ३० वर्ष मात्रै पुगेकी शान्ती गिरीको १० वर्षपहिले बिवाह भयो । श्रीमान् रामचन्द्र कम्प्युटर पसलमा काम गर्थे । अरुका पसलमा काम गरेर खासै पैसा कमाउन सकिरहेका थिएनन् चन्द्रले । घर खर्च चलाउनै मुस्किल भएपछि शान्तिले रामचन्द्रलाई विदेश जान सल्लाह दिइन् ।

    रामचन्द्र पनि दोधारमा थिए । तर उनले सोच बदलेर देशमै केही गर्नुपर्छ भनेर लागे । उनलाई शान्तिको साथ त छँदै थियो । उनीहरूले फलफूल खेती र अचार बनाउने सोच बनाए । घरभन्दा केही पर रहेको १४ कट्ठा बाँझो जमिनमा गिरी दम्पतीले उन्नत जातका फलफूलका बिरुवा रोपे । उनले बारीमा कागती, लिची र आँप रोपेका छन् ।

    शान्तिले एकरदुई बट्टा अचार बनाएर छिमेकीहरूलाई बेच्न थालिन् । बिस्तारै अचारको माग बढ्न थाल्यो । त्यसपछि यसलाई बिस्तार गर्ने सोच आएको शान्ति बताउँछिन् ।

    फलफूलबाट मात्रै राम्रो आम्दानी नहुने देखेर ती फलफूलको अचार बनाउन सुरु गरेको बताउँछिन् शान्ति । उनी अहिले आँप, लिची, कागती, तामा, अकबरे खुर्सानीको अचार बनाउँछिन् । पाँच वर्षदेखि यो व्यवसाय गर्दै आएको उनी बताउँछिन् । श्री शान्ति बाटीका फलफूल उद्योग दर्ता गरेर आफ्नो बारीको उत्पादनबाट व्यवसायिक रूपमै अचार व्यवसायमा उनीहरू अघि बढिरहेका छन् ।

    उनीहरूले बनाएको ‘आनन्दी’ ब्राण्डको अचार अहिले धनगढीलगायत सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा पुग्ने गरेको छ । बाहिरबाट फलफूल मगाएर पनि उनीहरूले अचार बनाइरहेका छन् । आफ्नो बारीबाट उत्पादित कागती र लिची चाहिएजति प्रशोधन उद्योगमै प्रयोग गर्छन् भने बाँकी बिक्री गर्छन् ।

    अचारलगायत बनाउन आवश्यक पर्ने अरु फलफूलहरू भने बाहिरबाट मगाइरहेको शान्तिले बताइन् । उद्योगमा अहिले अचारसँगै चुक, लेमन स्पाइसलगायतका अन्य चिजहरू पनि उत्पादन भइरहेका छन् ।

    गत वर्षदेखि फलफूलका बिरुवाको कलमी पनि बनाउँदै आएको उनले बताइन् । बिरुवाहरू पनि बारीबाटै बिक्री भइरहेको शान्तिले सुनाइन् । आगामी दिनमा क्याफे खोल्ने योजनामा छिन् उनी ।

    कुनै सयम वैदेशिक रोजगारीका लागि जाने योजना बनाएका शान्तिका श्रीमान् रामचन्द्र पनि अचार उद्योगबाट सन्तुष्ट छन् । यसबाटै नै महिनाको ३ लाखसम्म कमाइ हुने शान्ति बताउँछिन् । ‘वार्षिक ३६ लाखसम्म कमाइ हुन्छ,’ उनले भनिन् । आफ्नै देशमा बसेर राम्रै आम्दनी भइरहेको उनले सुनाइन् ।

    पछिल्लो समय कोरोना महामारीले गर्दा भने व्यवसायमा केही असर परेको शान्ति बताउँछिन् । ‘अहिले हाट बजार पनि बन्द छन्, त्यसकारणले पनि अहिले बजारको समस्या झेल्नु परेको अवस्था छ, उनले भनिन् ।

    नयाँ रणनिति बनाएर छिट्टै नै बजारमा अचार पुर्‍याउने योजना रहेको उनले बताइन् । सीटीईभीटीबाट अचार बनाउने तालिम सिकेर करिब १ लाखबाट सुरु गरेको यो व्यवसायबाट अहिले गिरी दम्पतीले वार्षिक ३६ लाख रुपैयाँ आम्दानी गरिरहेका छन् । घरपरिवारको राम्रै साथ मिलेकाले अचार व्यवसाय निकै राम्रो फष्टाएको उनको भनाइ छ ।

    यही व्यवसायबाटै छोराछोरीलाई उचित शिक्षा दिन र घरव्यवाहार चलाउन पुगिरहेकै छ । ‘मेहनत गर्ने हो भने अचार व्यवसायबाट पनि राम्रैसँग जीवन निर्वाह गर्न सकिन्छ,’ उनले भनिन् । व्यवसाय गर्न आत्मबल चाहिने र आफ्नै देशमा पनि राम्रै कमाइ गर्न सकिने गिरी दम्पतिको अनुभव छ ।

    • अचार व्यवसाय
    • गिरी दम्पती
    शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • २.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ३.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ४.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ५.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ६.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ७.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ८.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • ९.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    • १०.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.