हिन्दु धर्मको ग्रन्थ गीतामा स्पष्ट भनिएको छ, “परिवर्तन संसारको नियम हो यहाँ सबै कुरा परिवर्तित भइरहन्छ ” ! जुन कुरा आज तिम्रो छ त्यो भोलि अरू कसैको हुनेछ यहाँ पृथ्वी पनि त स्थिर छैन पृथ्वी पनि त घुमिरहन्छ ! तिमी जे आज छौ भोलि त्यही नहुन सक्छौ ! हो गीताको एउटा यो भनाई आज मनन गर्दै यहाँ सबै कुरा परिवर्तित छ भन्ने विषय प्रमाणित भएको अनुभव गरिरहेको छु। यसो फेसबुक खोले फेसबुकमा सयौँ सन्देश हरू प्राप्त देखे सयौँ सुचना हरू आएका रहेछन् तपाइ बुवा भन्नु भएको मा तपाईँलाई धेरै बधाई छ र नयाँ बालक लाई स्वागत छ ।
अहो बिहानीपख घामका किरणले पृथ्वीमा स्पर्श गर्न नपाउँदै मेरी पूजनीय आमा ले आफ्नो मृत्यु सँग लड्दै छाती र मुटु चिरा पर्दा पनि धर्तीमा घुडा टेकाउँदै आशु धारा बगाउँदै मलाई धर्तीमा पाइला टेकाउँदा म कसैको नाति कसैको भतिजा कसैको भान्जा कसैको भाइ कसैको दाइ अनि मेरा पूजनीय आमा र बुवाको छोरो भएर जन्मिएको दिन पनि त एक दिन थियो। यहाँ प्रकृतिको नियम ले भनेको छ नि मान्छे लगायत विभिन्न जीवहरू जन्मिन्छन् हर्कुन्छन ठुला हुन्छन् सृष्टि बचाउनका निम्ति सन्तानोत्पादन गर्छन् बुढा हुन्छन् र मर्छन्। हो मान्छेको जन्म भएपछि एक दिन अवश्य मर्छ धुव्र सत्य छ तर बाचुन्जेल आफ्नो जीवनको नाटक मा आफू मुख्य पात्र भएर नाटक मञ्चन गर्ने गर्दछ। त्यसै गरी आज म तपाई हामी सबै नाटक मञ्चन गर्दै छौ !
म पनि जन्मिएर एउटा विकट गाउँमा जहाँ अन्धकार थियो बिजुलीको र शिक्षाको टाढा थियो स्वास्थ्य र सञ्चारबाट। म छोरा र मेरा बुवा, बुवा र आमा आमा भएको खबर आमा र बुवा बाहेक सयौँले एकै पटक सुन्न पाएका थिएनन्! उज्यालो थियो त केवल सुरेको र पूर्णिमा को रातमा चन्द्रमाको उसो त सुरेको किरण पनि सहज तवरले हरेक ऋतुमा बराबर हिसाबले म जन्मेको माटोमा कहाँ स्पर्श गर्न सक्थे र? हरेक मान्छेलाई साँझ बिहान खानलाई शारिरका छालाका हरेक छिद्रबाट पसिना निकाली बेच्नु पर्दथ्यो मेरो बुवा र आमाले पनि सोही पसिना बेच्दै आफ्नो पेट मार्दै जन्मिएको छोरा थिए म !
समय उस्तै कहाँ रह्यो र परिवर्तित समयमा आफ्नो दिमाग र शरीरले भ्याए सम्म आफ्ना बन्द आँखा खोल्दै गएर आज कम्तीमा आँखा हरू अँध्यारोमै छौ भन्ने अनुभव भने गर्न पाउदैनन ! समय बित्दै गयो मैले यस धर्तीमा पाइला टेकेका लगभग २८.७५ वर्ष ३४५ महिना १०,३५० दिन २,४८,४०० घण्टा १,४९,०४,००० मिनेट ८९,४२,४०,००० सेकेन्ड भैसकेका रहेछन् हुन त यत्रो समयमा के के पो परिवर्तन भयो होला ! केही ठुला गलत काम गरे हुला केही राम्रा काम पनि गरेउँला धेरै साथीहरू बनाए हुला तर आज म अति नै उत्साहित र फरक अनुभव गरिरहेको छु ! म २४ । २५ वर्षको भए बाट मेरो घरमा मेरो बिहे को बारेमा कुरा चल्न थाल्यो मैले धेरै दिन अस्वीकार गरे विवाह नगरी बस्छु मेरो अडान थियो यो समय लगभग ३ वर्ष बित्यो ।
एक दिन आमा र बुवा सँगै बसेको बेला फेरी कुरा बिहेकै उठाउनु भयो म रिसाएर नाइँ भने त्यति बेला बुवा र आमाले सँगै भन्नु भयो छोरा तिमी हाम्रो अलिकति भए पनि ऋण तिर्ने कि नतिर्ने मैले भने बुवा आमा म हजुरको ऋण तिर्न त कहिल्यै सक्दिन नि ! दुवै सँगै बोल्नु भयो र भन्नु भयो बाबु हामी त्यति बेला आनन्दित हुन्छौ जब तिमीले सृष्टि बचाउन सन्तान जन्माउँछौ !
अनि बुवाले थप्दै जानुभयो हाम्रो शास्त्रले यही भन्छ सन्तानले अनुशासित इमानदार कर्तव्यनिष्ठ आमा बुवाको पालनकर्ता भएर सृष्टि बचाउन सक्यो भने आमा बुवाको ऋण तिर्नु अरू केही गर्नुपर्दैन ! अहो यही आमा र बुवाको शब्द नकाटी बिहे गर्न राजी भएको म आज कसैको सृष्टि कर्ता भएर बुवा भनेको छु ।
आमा बाबाको अनुशासित इमानदार कर्तव्यनिष्ठ तथा पालन कर्ता छोरा बन्न त सक्छु कि सक्दिन थाहा छैन तर सृष्टि कर्ता चाहे बनेको अनुभव लिएको छु। समय परिवर्तन भएको छ हिजोको कसैको छोरा हेर्दा हेर्दै आज म कसैको बुवा बनेको छु। म बा भए सगैं मनु आमा बनेकी छिन भने छोरी भएर नानी जन्मिएकी छिन !
आशा छ हामी सबैको रक्षा यही प्रकृतिले अवश्य गर्ने छिन नानीलाई अनुशासित र इमानदार सफल नारी बनाउने छिन! अन्तिममा धन्यवाद र आभार सम्पूर्णमा मलाई शुभकामना र शुभेच्छा प्रकट गर्नुहुने आदरणीय प्रेमीले मनहरूमा धन्यवाद माता पिताहरूलाई मलाई र मनुलाई जन्म दिएकोमा र प्रिय श्रीमती मनुलाई र छोरीलाई मलाई बा को संज्ञा दिनमा अतुलनीय सहयोग गरेकोमा अझ धेरै धन्यवाद!
हरिस अवस्थी घोडाघोडी ०१ सुखड कैलाली !