कञ्चनपुरमा एक १४ वर्षीया बालिकाले शिशु जन्माएकी छन् । जिल्लाको बेलौरी नगरपालिका–८कलकत्ताकी ती बालिकाले माघ ४ गते घरमै शिशु ९छोरा० जन्माएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए ।
प्रहरी सम्म घटना ढिलो गरि पुगेको थियो । घटना सुनेपछि घरमै गएको प्रहरी टोलीले छानबिन गरेपछि बालिकाकै शिशु भएको पुष्टि गरेको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।
शिशु भारतीय नागरिक दयाराम गुप्ताको रहेको परिवारका सदस्य तथा बालिकाले प्रहरीलाई बयान दिएका छन् ।
प्रहरीले उनीहरुको बयानका आधारमा भारतको बरेलीमा बस्दै आएका गुप्ता विरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता गरेको छ । गुप्ता ती बालिकाको भिनाजु नाता पर्ने व्यक्ति गरेको प्रहरीले जनाएको छ ।
गत वैशाखमै उनीहरु बिच प्रेम रहेको र विवाहको लागि भारत लैजाँदै गर्दा सीमामा प्रहरीले प्रक्राउ गरेको थियो । वैशाख १८ गते इलाका प्रहरी कार्यालयकै गुप्तालाई राखेर भिनाजु नाता पर्ने व्यक्तिसँग विवाहको लागि भारत जाँदै गरेको परिवारका सदस्यहरूले बयान दिएपछि १९ गते परिवारको जिम्मा लगाइएको थियो ।
अहिले ती व्यक्तिको खोजि भइरहेको प्रहरीले जानकारी दिएको । उनीहरु बिच सहमतिमै सम्बन्ध भएर बच्चा जन्मिएको भएपनि बालिकाको उमेरका कारण भारतीय नागरिक गुप्ता विरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीको भनाइ छ ।