सोमबार देखीको अविरल वर्षाका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । गोदावरी नगरपालिका ४ भावर खण्ड देखी चुरे गाउँपालिका ५ खानिडाँडा सम्म केही ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
ठुलो पहिरोसँगै सडक नै भासिएका कारण सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए । उनका अनुसार गोदावरीस्थित हेभि इक्युपमेन्ट डिभिजन कार्यालयका कर्मचारी र प्रहरीले सडक सुचारु गर्ने प्रयास गरिरहेका छन् । सडक अवरुद्ध हुँदा सात पहाडी जिल्ला जाने सवारी चल्न पाएका छैनन् भने यात्रुहरू अलपत्र अवस्थामा छन् ।