• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २८, २०८२ | Saturday 13th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ८ घण्टा अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ८ घण्टा अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ४ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ४ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ४ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ४ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ४ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ४ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • १ हप्ता अगाडि

Advertisement

कृषि सामाग्री कंम्पनी धनगढीको सटरमा व्यापारीको रजाइँ,१५ व्यवसायीले डेढ करोड भाडा तिर्न तिरेनन् !

"हच्कियो कृषि सामाग्री,खोल्यौँ टेन्डर "
  •  जीवन बिष्ट
  • बुधबार, असोज १७, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी, १७ असोज – धनगढीमा रहेको कृषि सामाग्री कम्पनी लिमिटेडको सटरमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले लामो समय देखी भाडा रकम बुझाएका छैनन् । कम्पनीको प्रादेशिक कार्यालय रहेको भवनका १७ सटरबाट १ करोड ५४ लाख ८८ हजार १ सय ७२ रुपैयाँ उठाउन बाँकी छ । भाडा बुझाउन पटक–पटक ताकेता गर्दा पनि व्यापारीहरूले रकम नबुझाएको प्रादेशिक कार्यालय धनगढी प्रमुख नवल सिंह बोगटीले जानकारी दिए ।

    ‘भाडा तिर्न आग्रह गर्दा गर्दै हामी हैरान भइसकेका छौँ । उहाँहरूको सजिलोको लागी हामीले बैैंकिङ र नगद दुवै तरीकाबाट भुक्तानीको व्यवस्था मिलाएको छौँ। एकै पटक तिर्न गाह्रो भए रकम घटाउँदै जानुस् समेत भनेका थियौँ तर उहाँहरूले बेवास्ता गरिरहनू भएको छ,’कार्यालय प्रमुख बोगटीले भने ।

    सटर भाडा बापतको रकम तिर्न पटक–पटक पत्र पठाउँदा पनि व्यापारीहरूले रकम बुझाएका छैनन् । ‘हामीले सात–आठ पटक पत्र नै पठाइसक्यौँ । रकम तिर्न भन्दै हात जोड्दै पसलमै पुग्छु म कतिपयको त घर सम्मै पुग्नु पर्छ । तिर्छौँ मात्रै भन्नुहुन्छ उहाँहरूले तिर्नुहुन्न,’कर्मचारी चन्द्र प्रसाद भट्टले भने ।

    (कार्यालयले व्यापारीहरूलाई पठाएको ताकेता पत्र )


    सम्झौता सकिएको डेढ वर्ष बित्दा पनि बुझाएनन् भाडा

    कृषि सामाग्रीले २०७७ वैशाख १८ गते २ वर्षका लागी व्यापारीहरू सँग १७ सटर भाडाको सम्झौता गरेको थियो । सम्झौतामा प्रत्येक महिना भाडा रकम बुझाउने र दुई वर्ष पछि १० प्रतिशतका दरले भाडा बढाइने उल्लेख थियो । सम्झौता अवधि २०७९ वैशाख १८ गते सकिएको छ । सम्झौता सकिएको डेढ वर्ष बढी बित्दा पनि व्यापारीहरूले भाडा चुक्ता गरेका छैनन् । व्यापारीहरूले नटेरे पछि कृषि सामाग्रीले प्रहरी प्रशासनलाई गुहार मागेको छ ।

    ‘हाम्रो आग्रहलाई बेवास्ता गरेपछि हामी प्रशासनको सहयोग लिन बाध्य छौँ। गत आइतबार जिल्ला प्रहरी कार्यालय र सोमवार जिल्ला प्रशासन कार्यालयले व्यापारीहरूलाई बोलाएर छलफल गरेको छ। हामीले कानुनी बाटो रोजीसकेकाछौँ,’धनगढी प्रमुख बोगटीले भने ।

    यसरी भाडा नबुझाउनेहरू युनिक स्पोर्टका सञ्चालक सुशीला रानाले १७ लाख ६० हजार ७ सय ७५,निङ्लाशैनी फेन्सी स्टोर सञ्चालक पदम बोहराले १५ लाख २६ हजार ८३,व्लुस्टार बेबी सप सञ्चालक शेर सिंह रावलले दुई सटरको २८ लाख २८ हजार ६ सय ५३ रुपैयाँ,एटुजेड बेबी सप सञ्चालक विष्णुदेव पाण्डेले १४ लाख ७ रुपैयाँ तिरेका छैनन् ।
    यस्तै आस्का सु–सेन्टर सञ्चालक पुष्करराज भटले १३ लाख ३९ हजार ९ सय ८७,प्याराडाइज सञ्चालक लाल सिंह रावतले १३ लाख १० हजार ३ सय ५२ रुपैयाँ,वैष्य फेमस लिक्वायर वाइन सपका सञ्चालक एकेन्द्र खड्काले १२ लाख ८७ हजार ३ सय ५६ रुपैयाँ तिर्न बाँकी रहेको कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले जनाएको छ ।

    भण्डारी सु–सेन्टर सञ्चालक प्रशान्त भण्डारी ९ लाख ९२ हजार ६ सय ६८, सहारा फेन्सी सञ्चालक टेकराज पाण्डेयले ७ लाख २८ हजार ३ सय ३५ रुपैयाँ,आरडी फेन्सी स्टोर सञ्चालक रञ्जित ढुङ्गेलले दुई सटरको १० लाख ४५ हजार ६८ रुपैयाँ,आँचल चस्मा सेन्टर तथा आँचल फेन्सी स्टोर सञ्चालक राजेन्द्र प्रसाद जोशीले पनि दुई सटरको ५ लाख ८३ हजार ५ सय ३२ रुपैयाँ,आयुष अटो सञ्चालक परशुराम बानियाले ३ लाख ४६ हजार ८३ रुपैयाँ,निहारीका मोबाइल ग्यालरी सञ्चालक सन्तोष मण्डल धानुकले २ लाख २३ हजार ७ सय ९९ रुपैयाँ र पाठक चस्मा सेन्टर पुष्पा कुमारी पाण्डेयले १ लाख १५ हजार १ सय ३ रुपैयाँ तिरेका छैनन् ।

    कसले कति तिर्न बाँकी ?

    हच्कियो कृषि सामाग्री,खोल्यौँ टेन्डर
    व्यापारीहरूले समयमै भाडा नतिरे पछि आजित वनेको कृषि सामाग्री कम्पनी लिमिटेडले अन्ततः सटर भाडामा दिन बोलपत्र आह्वान गरेको छ । लिमिटेडको केन्द्रीय कार्यालयले भाद्र ३० गते गोरखापत्रमा प्रकाशित गरेको सूचनामा मासिक न्यूनतम भाडा ४ लाख ८६ हजार ७ सय १० रुपैयाँ रहने गरी १७ सटर ६ वर्षका लागी भाडामा लिन १ लाख ७२ हजार २ सय १५ बोलपत्र जमानत रकम तोकिएको छ । असअघि सम्म भने प्रादेशिक कार्यालयले आफैँ व्यापारीहरू सँगै सोझै सम्झौता गरी सटर भाडमा दिइरहेको थियो ।

    ‘व्यापारीहरूले नियमित रूपमा भाडा रकम बुझाएको भए अहिले बोलपत्र आह्वान गर्नुपर्ने जरुरी नै थिएन। उहाँहरूले नटेरेपछि हामीले टेन्डर प्रक्रिया रोज्यौँ,’प्रादेशिक कार्यालय प्रमुख बोगटीले भने,‘भाडा चुक्ता नगरेका व्यापारीहरूलाई टेन्डर प्रक्रियामा सहभागी हुन नपाइने भनेका छौँ।’

    यस्तो छ वोलपत्र

    व्यापारी भन्छन् : ‘बिचल्लीमा छौँ’
    कृषि सामाग्री कम्पनी लिमिटेडको सटरमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले भने कोरोना महामारी पछि कारोबार ठप्प हुँदा भाडा रकम तिर्न नसकेको बताएका छन् । ‘व्यापारघाटाका कारण हामीले रकम तिर्न सकेनौँ। कोरोना महामारीको समयको भाडा छुट दिने भन्ने कुरा पनि थियो हामीले त्यो पनि पाएनौँ।यस अघि पनि भाडा नतिरेको हैन तिरेकै हो अहिले पनि हामीले तिर्ने वनेकै छौँ। तर कार्यालयले हामीलाई बिचल्ली पार्न खोज्यौँ,’आस्का सु–सेन्टर सञ्चालक पुष्करराज भट्टले भने ।

    आफूहरूलाई जानकारी नै नदिएर कार्यालयले टेन्डर आह्वान गरेर बिचल्ली पार्न खोजेको उनको आरोप छ । ‘हामीलाई यहाँबाट भगाउने प्रयास भइरहेको छ । बोलपत्र खुली सकेको छ । हाम्रो व्यापार नै नभएपछि कसरी भाडा तिर्ने हामीले ? हामीलाई केही समय थप चाहिन्छ यहीँ व्यापार गर्छौँ र भाडा तिर्छौ,’उनले भने ।

    व्यापार व्यवसायमा लागेको मन्दीका कारण नै भाडा बुझाउन नसकेको अर्का व्यापारी एकेन्द्र खड्काले बताए । ‘कारोबारमा गिरावट छ ।कहिले काहीँ त साता दिन सम्म पनि व्यापार शून्य हुन्छ । यो अवस्थामा हामीले कसरी भाडा तिर्ने ? बैङ्कको व्याजले च्यापेको बेला कृषि सामाग्रीबाट पनि हामीहरूको घाटी थिच्ने काम भयो ।हामी पनि व्यवसाय छोडेर विदेश पलायन हुने अवस्थामा पुगेका छौँ,’खड्काले भने ।
    भाडा नतिरेको विषयलाई लिएर प्रहरी प्रशासनमा उजुरी हालेर कार्यालयले दुःख दिइरहेको उनीहरूको गुनासो छ । ‘हामीलाई प्रहरी प्रशासन सम्म पु¥याउनु गलत हो । भाडा तिर्छौँ भनेकै छौँ। व्यापारी साथीहरू सबै जना छलफल गरेर निष्कर्षमा पुग्छौँ,’अर्का व्यापारी शेर सिंह रावलले भने ।

    • कृषि सामाग्री कंम्पनी
    • व्यापारीको रजाइँ
    बुधबार, असोज १७, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.