• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

कैलारीमा भलमन्सा पारिश्रमिकलाई पाए

  •  संवाददाता
  • बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीको कैलारी गाउँपालिका–६, बेनौलीका भलमन्सा काजीराम महतो र चिराकी सन्तराम चौधरीले एक वर्ष सेवा गरेबाफत गाउँलेबाट ४६ हजार ९ सय रुपैयाँको दरले बाली (पारिश्रमिक) पाए ।

    २६८ घरधुरी रहेको बेनौलीमा प्रति घरधुरी ३५० रुपैयाँका दरले बाली सङ्कलन गरियो । उठेको आधा रकम भलमन्सा र आधा रकम चिराकीलाई दिइयो । गाउँ प्रमुख भलमन्सा र खबर वाहकको जिम्मेवारी निर्वाह गर्ने चिराकी तथा चौकीदारले मात्रै होइन सो गाउँमा पूजापाठ गर्ने गुरुवा र सहायक गुरुवा केसौकाले पनि बाली पाए । गाउँलेहरूले प्रति घरधुरी साढे १७ किलोका दरले धान र साढे दुई किलोको दरले चामल एकमुष्ठ दुवै जनालाई बाली बुझाए अर्थात् एक जनाले सालाखाला ८० हजार रुपैयाँ वार्षिक पारिश्रमिक बुझे ।

    बेनौलीका भलमन्सा महतोले भने– ‘थारू समुदायको भलमन्सा प्रणाली सदियौँदेखि प्रचलित प्रथा हो । यो प्रथाभित्र आफ्नै नियम हुन्छन् । प्रथालाई अस्तित्वमा राख्न गाउँको सेवामा खट्ने व्यक्तिहरूलाई पारिश्रमिक स्वरूप बाली दिने चलन चल्दै आएको छ ।’

    धनगढी उपमहानगरपालिका–११, बाँसखेडाका पूर्वभलमन्सासमेत रहेका धनगढी नगर भलमन्सा समिति अध्यक्ष रोहित चौधरीले आफ्नो बस्तीमा चौकीदारलाई २० किलो र भर्रा (पुरोहित) लाई ३० किलो धान बाली स्वरूप दिइएको बताए ।

    बाली सङ्कलन कार्य सो बस्तीमा मात्रै होइन आजभोलि पश्चिम नेपालका प्रायः सबै थारू बस्तीमा धमाधम भइरहेको छ । धान बाली भित्र्याइसकेयता सो कार्य भइरहेको हो ।
    बरघर सशक्तीकरण अभियानकर्ता एकराज चौधरीले पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा बरघर तथा भलमन्सा प्रथा कायमै रहेको बताउँछन् । भलमन्सा, बरघर, गुरुवा, केसौकालाई बाली दिने प्रचलन पनि कायमै रहेको जानकारी दिए ।

    कतिपय बस्तीमा भने भलमन्सा तथा बरघरबाहेक गुरुवा र चौकीदारलाई मात्रै पारिश्रमिक दिँदै आइएको छ । समाज सेवामा तलब लिनु उचित नरहेकाले आफूहरूको बस्तीमा भलमन्सालाई नदिने प्रचलन रहेको धनगढी नगर भलमन्सा समिति अध्यक्ष रोहित चौधरी बताउँछन् ।
    समाजमा सेवा गर्नेलाई समाजले नै सेवाको मूल्याङ्कन स्वरूपको पारिश्रमिक दिनु वैज्ञानिक र सामाजिक रहेको एकराज बताउँछन् । जसबाट समाजमा सुशासन कायम रहनुको साथै समाज सेवाप्रति अभिप्रेरित गर्ने र यो प्रथालाई अस्तित्वमा राखिराख्ने उनको धारणा छ ।

    उनले भने, ‘समाज सेवा गर्ने व्यक्तिको पनि घरपरिवार हुन्छन् । उसको सेवाको मूल्याङ्कन गरेर पारिश्रमिक दिन कार्यले समाजमा सुशासन ल्याउँछ । सेवा गर्न प्रोत्साहित गर्छ ।’

    तर कतिपय बस्तीमा भने भलमन्सा तथा बरघरबाहेक गुरुवा र चौकीदारलाई मात्रै पारिश्रमिक दिँदै आइएको छ । समाज सेवामा तलब लिनु उचित नरहेकाले आफूहरूको बस्तीमा भलमन्सालाई नदिने प्रचलन रहेको धनगढी नगर भलमन्सा समिति अध्यक्ष रोहित चौधरी बताउँछन् ।

    ‘भलमन्सा गाउँको प्रमुख हो । उसको जिम्मेवारी समाज सेवा हो, नोकरी होइन । त्यसैले समाजबाट लिनु उचित होइन,’ नगर भलमन्सा समिति अध्यक्ष उनले भने, ‘हाम्रो लडाइँ तथा माग राज्यसँग हो । भलमन्साहरू समाजबाटै सर्वस्वीकृत व्यक्ति हो । हरेक विकास निर्माण नेतृत्वदायी भूमिका रहन्छ । त्यसैले उनीहरूको विकासमा सरकारको दायित्व रहनु पर्दछ ।’

    बरघर प्रथा थारू समुदायमा स्थापित प्रथा हो । प्रथा अनुसार थारू समुदायमा बरघरले निश्चित समयका लागि समाजबाट कार्यकारी प्रमुखको जिम्मेवारी पाएका हुन्छन् । माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँदै आएको थारू समुदायमा माघी पर्व मनाइसकेलगत्तै माघी डेवानी कार्यक्रम आयोजना गरी बरघर चयन गर्ने र वर्षभरिका लागि कार्ययोजना बनाउने कार्य हुन्छ । समुदायको वार्षिक कार्यायोजनाभित्र समुदायको नेतृत्वकर्तालाई बाली दिने वा नदिने तथा बालीको दररेट तोक्ने कार्य सर्वसहमतिले पारित हुने बताइन्छ ।

    थारू समुुदायमा बरघर÷भलमन्सा, चिराकी÷चौकीदार, गुरुवा र केसौकाहरूको नेतृत्वदायी भूमिका रहँदै आएको छ । गाउँभित्रको पानी पँधेरो, सडक, सिँचाइ कुुलो, पुल पुलेसा निर्माण तथा मर्मत सम्भारदेखि जन्म, विवाह, मृत्यु संस्कारसम्ममा भूमिका रहन्छ । गाउँमा भैपरी आउने झैझगडा मिलाउने कार्यसमेत बरघरकै रोहबरमा हुँदै आएको छ ।

    स्थानीय स्तरमा कानुनी मान्यतासँगै सुविधा पनि
    पछिल्लो समय बरघर तथा भलमन्सा प्रथाले कानुनी मान्यता पाउन थालेको छ । हालसम्म १५ पालिकाले कानुनी मान्यता दिइसकेका छन् । योसँगै पालिकाहरूले बरघर भलमन्साहरूको क्षमता विकास तालिमदेखि लिएर अन्य सुविधा प्रदान गर्दै आएका छन् ।

    भलमन्सा ऐन ल्याइसकेकोको कैलालीको कैलारी गाउँपालिकाले भलमन्साहरूलाई मासिक ५ सय रुपैयाँको दरले मोबाइल रिचार्ज खर्च प्रदान गर्दै आएको छ ।

    बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.