काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमानको दाहिने इन्जिनमा आगो देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।
विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार काठमाडौंबाट ६०/६५ किलोमिटर उडेर गइसकेको अवस्थामा दाहिने इन्जिनमा आगो देखिएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको हो ।
४:२० बजेतिर सुरक्षित अवतरण गराइएको र यात्रुहरूलाई अर्को जहाजबाट पठाउने तयारी गरिएको झाले बताए ।