अछामको मंगलसेन नगरपालिका वडा नम्बर ७ मा जिप दुर्घटना हुँदा १४ जना घाईते भएका छन् ।
बाजुरा बाट सुर्खेतका लागी छुटेको भे १ च २५७६ नम्बरको जिप मध्य पहाडी लोक मार्गमा दुर्घटना भएकाे हाे । घाईते हुनेमा हुम्ला निवासि गाडी चालक काबु लामा, प्रिन्स फडेरा, प्रतिज्ञा फडेरा र रत्न फडेरा छन् ।
यस्तै अन्य घाइते हुनेमा पुर्णबहादुर रावल, कुशे कार्की, रामसिला फडेरा ,रुपा कार्की, दिब्या रावल, धर्म फडेरा, मैना रावल, रंजिता रावल, हिराजन कार्की, र नम्रता फडेरा छन् ।
गाडी चालक काबु लामा सामान्य उपचार पछी प्रहरीले नियन्त्रणमा लिएको र दुर्घटना बारे थप अनुसंन्धान भैरहेको अछामका प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए ।
घाईते मध्यका ४ वर्षीय प्रिन्स फडेरालाई सुर्खेत रिफर गरिएको र अन्य घाईते हरुको उपचार जिल्ला अस्पताल अछाममा भै रहेको जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर रबि यादवले जानकारी दिए। ।