गजल
सम्झनाको अस्मिता किन लुट्छन् लुटेराहरू
जेल त मामाघर जस्तै सजिलै छुट्छन् लुटेराहरू
वनकी चरीलाई वन मै रमाउन देऊ न
गुलेली हानी सिकार किन भुट्छन् लुटेराहरू
संस्कार दिन के कमजोरी भयो खै संस्कार
आफ्नै बा आमा पनि कुट्छन् लुटेराहरू
खातका खात भयो कालो कर्तुतहरू पनि
पुगेन अझै पत्ता पत्ता थुत्छन् लुटेराहरू
हाम्रै मौनताको आड पाएर पनि होला
उफ्री उफ्री जता ततै पुग्छन् लुटेराहरू
भिमराज अम्मै
घो.न.पा.१० पहलमानपुर
शिक्षक
भृकुटी माध्यमिक विद्यालय खिमडी कैलाली