• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, साउन ०४, २०८२ | Saturday 19th July 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
  • १० घण्टा अगाडि

धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
  • १६ घण्टा अगाडि

लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
  • १६ घण्टा अगाडि

अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने
  • २ दिन अगाडि

दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार
  • २ दिन अगाडि

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन
  • २ दिन अगाडि

टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध
  • २ दिन अगाडि

सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग
  • २ हप्ता अगाडि

अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
  • २ हप्ता अगाडि

कुनै पनि पालिका अस्पतालविहीन हुँदैनन् : स्वास्थ्यमन्त्री ढकाल

  •  संवाददाता
  • मङ्गलबार, मङि्सर १६, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भरतपुर, १५ मंसिर ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सबै स्थानीय पालिकामा अस्पताल स्थापना गरिने बताउनुभएको छ । आज(सोमबार) भरतपुर अस्पतालको आकस्मिक र सरुवा रोग भवनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ढकालले कोभिड– १९को महामारीमा अस्पताल नभएका सबै पालिकामा निर्माण गर्न लागिएको बताउनुभएको हो ।

    “अस्पताल नभएका ६ सय ४९ स्थानीय पालिकामा कोभिड–१९संग लड्नका लागि कम्तिमा पाँच बेड सहितका अस्थायी अस्पताल निर्माण गर्न लागेका छौँ,”मन्त्री ढकालले भन्नुभयो, “त्यसलाई स्थायी गर्दैै अब कुनै पनि पालिकाहरु अस्पताल बिहिन रहने छैनन् भन्ने कुराको सुनिश्चिता गरेका छौँ।” सबै बिरामीको स्वास्थ्य उपचारका लागि सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । सबै बिरामीलाई अस्पतालसम्म ल्याउन सकियो भने त्यो नै एउटा क्रान्ति हुने उहाँले दावि गर्नुभयो ।

    उहाँले सरकारले स्वास्थ्य सेवालाई गुणस्तरिय बनाउन “पाईलट प्रोजेक्ट”ल्याउन लागेको जानकारी दिनुभयो । “एक चिकित्सक एक स्वास्थ्य संस्था ‘पाईलट प्रोजेक्ट’को रुपमा कार्यक्रम सञ्चालन गर्ने गरि अगाडी बढेका छौँ” उहाँले भन्नुभयो, “बिरामी भएको व्यक्ति घरमा होईन अस्पतालको बेड सम्म ल्याउन हामी प्रयत्नरत छौँ ।” उहाँले सरकारीका चिकित्सकहरुले बाहिर काम गर्दा सेवाका गुणस्तरमा कमी आएको बताउनुभयो ।

    कार्यक्रममा बोल्दै मन्त्री ढकालले कोरोना भाइरस नियन्त्रणमा सरकारले उत्कृष्ट काम गरिरहेको बताउनुभयो । “कोरोनासंग यूरोप, अमेरिका लगायतका देशहरु नै घुँडा टेकेको अवस्थामा हाम्रो जस्तो राष्ट्रले दिएको सेवा तुलनात्मक रुपमा उत्कृष्ट हौँ,” उहाँले भन्नुभयो, “तर यतीमा हामी सन्तुष्ट चाँही छैनौँ ।” कोराना भाइरसका विरुद्ध साझा मोर्चा बनाएर अघि बढ्नुपर्ने उहाँको धारणा छ । कोरोनालाई पराजित गर्ने अभियानमा सरकार लागेको भन्दै सरकारले दैनीक ३० हजारसम्म पिसिआर परीक्षण गर्न सक्ने क्षमता विस्तार गरेको बताउनुभयो । तर, परिक्षण गरेर मात्र नियन्त्रण नहुने भन्दै मन्त्री ढकालले अन्य स्वास्थ्य सुरक्षामा ख्याल गर्न आग्रह गर्नुभयो ।

    बन्न लागेका कोरोना भाइरसका खोप खरिदका लागि ९ वटा देशसंग परामर्श समेत कुटनीतिक कुरा भैरहेको जानकारी दिनुभयो । कार्यक्रममा उहाँले देशभर बन्न लागेका अस्पतालहरु यो महिना भित्र उद्घाटन भैसक्नुपर्ने बताउनुभयो । नभएमा त्यसठाउँमा अस्पताल बनाउन बजेट विनियोजन गर्न नसकिने स्पष्ट पार्नुभयो । अस्पताल बन्नका लागि पहाडी क्षेत्रमा ९ रोपनी र तराइमा १४ कठ्ठा आवश्यक पर्ने उहाँले बताउनुभयो ।

    यसैबिच, भरतपुर अस्पतालको आकस्मिक एवं सरुवा रोग विभागको भवन शिलान्यास गरिएको छ । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार(आज)एक कार्यक्रमको अयोजना गरि शिलान्यास गर्नुभएको हो । भरतपुर अस्पतालमा नयाँ बन्न लागेको आकास्मिक कक्ष ५० बेड सहितको अत्याधुनिक भवन बन्दै छ । यसका लागि सरकारबाट ९ करोड बजेट आएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । त्यस्तै सरकारको केन्द्रिय कार्यक्रम अन्तरगत सरुवा रोग विभागको भवन निर्माणका लागि ८ करोड बजेट विनियोजन भएको छ ।

    सरकारले प्रत्येक प्रदेशमा प्रदेश स्तरिय सरुवा रोग अस्पताल निर्माण उपचार एवम् स्वास्थ्य विपत व्यवस्थापनको लागि बजेट विनियोजन गरेको थियो । तर, वाग्मती प्रदेशको हेटौडा नभई चितवनमा नै बनाउन लागिएको हो । “प्रादेशिक सरुवा रोग अस्पताल निर्माणका लागि ३ सय शैयाको केन्द्रिय र न्यूनतम ५० शैयाको प्रदेश स्तरिय र अत्याधुनिक सुविधा सम्पन्न सरुवा रोग अस्पतालको भवनको उद्घाटन गरेका हौँ,” भरतपुर अस्पतालका अध्यक्ष भोजराज अधिकारीले भन्नुभयो, ‘सरुवा रोगका विभागका लागि भवन, प्रयोगशाला समेत छुट्टै बन्छ ।”

    अस्पताल विकास समितिका अध्यक्ष भोजराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संघिय सांसद कृष्णभक्त पोखरेल, प्रदेश सांसद विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, सरुवा रोग विभागका महानिर्देशक डा. गुणराज लोहनी, अस्पतालका पूर्व मेसु कृष्णप्रसाद पौडेल लगायतले बोल्नुभएको थियो ।

    मङ्गलबार, मङि्सर १६, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अत्तरियामा विषादी भेटिएको तरकारी नष्ट
    आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना : थोरै ठाउँमा हावाहुरी चल्न सक्ने
    दोदोधरा अस्पतालमा सर्प दंशको निःशुल्क उपचार
    • भर्खरै
    • चर्चित
    • १.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    • २.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • ३.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ४.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ५.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ६.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ७.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ८.
      सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग

    • ९.
      अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा

    • १०.
      शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण

    • १.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • २.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ३.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ४.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ५.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ६.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ७.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.