• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २८, २०८२ | Saturday 13th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ८ घण्टा अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ८ घण्टा अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ४ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ४ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ४ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ४ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ४ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ४ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • १ हप्ता अगाडि

Advertisement

कुनै पनि पालिका अस्पतालविहीन हुँदैनन् : स्वास्थ्यमन्त्री ढकाल

  •  संवाददाता
  • मङ्गलबार, मङि्सर १६, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भरतपुर, १५ मंसिर ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सबै स्थानीय पालिकामा अस्पताल स्थापना गरिने बताउनुभएको छ । आज(सोमबार) भरतपुर अस्पतालको आकस्मिक र सरुवा रोग भवनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ढकालले कोभिड– १९को महामारीमा अस्पताल नभएका सबै पालिकामा निर्माण गर्न लागिएको बताउनुभएको हो ।

    “अस्पताल नभएका ६ सय ४९ स्थानीय पालिकामा कोभिड–१९संग लड्नका लागि कम्तिमा पाँच बेड सहितका अस्थायी अस्पताल निर्माण गर्न लागेका छौँ,”मन्त्री ढकालले भन्नुभयो, “त्यसलाई स्थायी गर्दैै अब कुनै पनि पालिकाहरु अस्पताल बिहिन रहने छैनन् भन्ने कुराको सुनिश्चिता गरेका छौँ।” सबै बिरामीको स्वास्थ्य उपचारका लागि सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । सबै बिरामीलाई अस्पतालसम्म ल्याउन सकियो भने त्यो नै एउटा क्रान्ति हुने उहाँले दावि गर्नुभयो ।

    उहाँले सरकारले स्वास्थ्य सेवालाई गुणस्तरिय बनाउन “पाईलट प्रोजेक्ट”ल्याउन लागेको जानकारी दिनुभयो । “एक चिकित्सक एक स्वास्थ्य संस्था ‘पाईलट प्रोजेक्ट’को रुपमा कार्यक्रम सञ्चालन गर्ने गरि अगाडी बढेका छौँ” उहाँले भन्नुभयो, “बिरामी भएको व्यक्ति घरमा होईन अस्पतालको बेड सम्म ल्याउन हामी प्रयत्नरत छौँ ।” उहाँले सरकारीका चिकित्सकहरुले बाहिर काम गर्दा सेवाका गुणस्तरमा कमी आएको बताउनुभयो ।

    कार्यक्रममा बोल्दै मन्त्री ढकालले कोरोना भाइरस नियन्त्रणमा सरकारले उत्कृष्ट काम गरिरहेको बताउनुभयो । “कोरोनासंग यूरोप, अमेरिका लगायतका देशहरु नै घुँडा टेकेको अवस्थामा हाम्रो जस्तो राष्ट्रले दिएको सेवा तुलनात्मक रुपमा उत्कृष्ट हौँ,” उहाँले भन्नुभयो, “तर यतीमा हामी सन्तुष्ट चाँही छैनौँ ।” कोराना भाइरसका विरुद्ध साझा मोर्चा बनाएर अघि बढ्नुपर्ने उहाँको धारणा छ । कोरोनालाई पराजित गर्ने अभियानमा सरकार लागेको भन्दै सरकारले दैनीक ३० हजारसम्म पिसिआर परीक्षण गर्न सक्ने क्षमता विस्तार गरेको बताउनुभयो । तर, परिक्षण गरेर मात्र नियन्त्रण नहुने भन्दै मन्त्री ढकालले अन्य स्वास्थ्य सुरक्षामा ख्याल गर्न आग्रह गर्नुभयो ।

    बन्न लागेका कोरोना भाइरसका खोप खरिदका लागि ९ वटा देशसंग परामर्श समेत कुटनीतिक कुरा भैरहेको जानकारी दिनुभयो । कार्यक्रममा उहाँले देशभर बन्न लागेका अस्पतालहरु यो महिना भित्र उद्घाटन भैसक्नुपर्ने बताउनुभयो । नभएमा त्यसठाउँमा अस्पताल बनाउन बजेट विनियोजन गर्न नसकिने स्पष्ट पार्नुभयो । अस्पताल बन्नका लागि पहाडी क्षेत्रमा ९ रोपनी र तराइमा १४ कठ्ठा आवश्यक पर्ने उहाँले बताउनुभयो ।

    यसैबिच, भरतपुर अस्पतालको आकस्मिक एवं सरुवा रोग विभागको भवन शिलान्यास गरिएको छ । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार(आज)एक कार्यक्रमको अयोजना गरि शिलान्यास गर्नुभएको हो । भरतपुर अस्पतालमा नयाँ बन्न लागेको आकास्मिक कक्ष ५० बेड सहितको अत्याधुनिक भवन बन्दै छ । यसका लागि सरकारबाट ९ करोड बजेट आएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । त्यस्तै सरकारको केन्द्रिय कार्यक्रम अन्तरगत सरुवा रोग विभागको भवन निर्माणका लागि ८ करोड बजेट विनियोजन भएको छ ।

    सरकारले प्रत्येक प्रदेशमा प्रदेश स्तरिय सरुवा रोग अस्पताल निर्माण उपचार एवम् स्वास्थ्य विपत व्यवस्थापनको लागि बजेट विनियोजन गरेको थियो । तर, वाग्मती प्रदेशको हेटौडा नभई चितवनमा नै बनाउन लागिएको हो । “प्रादेशिक सरुवा रोग अस्पताल निर्माणका लागि ३ सय शैयाको केन्द्रिय र न्यूनतम ५० शैयाको प्रदेश स्तरिय र अत्याधुनिक सुविधा सम्पन्न सरुवा रोग अस्पतालको भवनको उद्घाटन गरेका हौँ,” भरतपुर अस्पतालका अध्यक्ष भोजराज अधिकारीले भन्नुभयो, ‘सरुवा रोगका विभागका लागि भवन, प्रयोगशाला समेत छुट्टै बन्छ ।”

    अस्पताल विकास समितिका अध्यक्ष भोजराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संघिय सांसद कृष्णभक्त पोखरेल, प्रदेश सांसद विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, सरुवा रोग विभागका महानिर्देशक डा. गुणराज लोहनी, अस्पतालका पूर्व मेसु कृष्णप्रसाद पौडेल लगायतले बोल्नुभएको थियो ।

    मङ्गलबार, मङि्सर १६, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
    अछामको बयालपाटा अस्पताल आगामी भदौ १ गतेदेखि सञ्चालनमा आउने
    सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमामा आवद्ध सेवाग्रहीहरुको चाप बढ्दो
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.